आज तिहारको तेस्रो दिन सोमबार साँझ लक्ष्मीपूजा गरिँदैछ । त्यसैले अहिले हिन्दु धर्मावलम्बीहरूका घरहरूमा बत्तीको झिलिमिली छ ।
काठमाडौँ — तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिइन्छ । सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजाको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ ।
