No activity at Tatopani checkpoint [Photos]

Local businessmen are not allowed to take any local products and materials from Nepal to the Chinese market.

kartik 1, 2082

Anish Tiwari

No activity at Tatopani checkpoint [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The flood and landslide have devastated the entire region. There is no business activity. The Tatopani border crossing, which connects China with Tatopani in Bhotekoshi Rural Municipality-2, has become deserted at this time.

No activity at Tatopani checkpoint [Photos]

भूकम्पको चार वर्षपछि सामान निर्यात र सर्वसाधारणका लागि खुलिसके भनिए पनि यथार्थमा त्यस्तो केही छैन । चिनियाँ सुरक्षाकर्मीले तातोपानी नाकामा स्थानीय र अन्यलाई गर्ने व्यवहार सन्तोषजनक छैन । निर्यात खोलिएको भनिए पनि यहाँबाट उत्पादित कुनै सामान बिक्रीका लागि पारि लान चीनले पूरै निषेध गरेको छ । 'तातोपानी नाकालाई झन् असहज बनाएको अनुभव छ, अचेल बिहान एकपटक एकजनालाई मात्रै सामग्री किन्नका लागि चिनियाँ बजार खोलिएको छ,अरु बेला सामान किन्न पाँइदैन,फलस्वरूप तिहार नजिकिँदै गर्दा पनि नाकामा खासै चहलपहल देखिँदैन,' भोटेकोशी–२ की व्यवसायी सानुमाया शेर्पाले भनिन् ।

No activity at Tatopani checkpoint [Photos]

गत भदौ १५ मा तातोपानी नाका सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । पूर्ण रूपमा खोलिएको नाकामा हालसम्म चिनियाँले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गरिरहेका छन् । आयात दिनहुँ बढ्दो रहेको र निर्यात शून्यजस्तै भएपछि यहाँका व्यवसायी दिक्क भएको भोटेकोशी चेम्बर अफ कमर्सले जनाएको छ । स्थानीय व्यवसायीलाई नेपालबाट कुनै पनि स्थानीय उत्पादन र सामग्री चिनियाँ बजारमा लैजान दिइएको छैन । ‘तातोपानी नाका चिनियाँ सामग्री बेच्न खोलिएको जस्तै भयो, सीमा गाउँमा उत्पादित अर्गानिक साग, निगुरो, फलफूलसमेत चिनियाँ बजारमा लैजान दिइएको छैन, नेपालमा बनेको एक पोका चाउचाउ लानु त धेरै परको कुरा भयो,’ व्यवसायी शेर्पाले भनिन् ।

No activity at Tatopani checkpoint [Photos]

चिनियाँ मालसामान मात्रै बेच्ने चीनको नीतिले नेपालीलाई फाइदा नहुने र यस्तो एकलौटि व्यवहारले यहाँका सम्पूर्ण व्यवसायी चकित परेको उनले बताइन् । स्थानीयले मितेरी पुलपारिका चिनियाँ बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउन पनि सीमामा सुरक्षाकर्मीबाट घण्टौं रोकेर झन्झटिलो बनाउने गरेको उनको भनाइ छ ।

No activity at Tatopani checkpoint [Photos]

भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुने गर्थे । यहाँका सयौं व्यापारी निर्यातमा निर्भर थिए । भोटेकोशी–२ तातोपानीबाट चीन जोड्ने मितेरी पुलको बीचमा चीनले मनमौजी सुरक्षा र चेकिङ गेट राखेको एक वर्ष भइसकेको छ । यो गेट चीनले मनमौजी राखेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । बाढीपहिरोले जीर्ण बनाएको बाह्रबिसेदेखि तातोपानी (कोदारी राजमार्ग) २६ किलोमिटर सडक उस्तै जोखिमपूर्ण छ । चाडबाडलक्षित सामग्री आयात बढाउन चिनियाँ पक्षसँग कुरा भएर दैनिक २० कन्टेनर तातोपानी आइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सारले जनाएको छ ।

Anish

Link copied successfully