Located in Ringmo village, this lake has become an attractive destination for both domestic and foreign tourists. In recent years, more domestic tourists have visited it than foreign tourists.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
”Oh! What a beautiful weather, all my tiredness has disappeared, seeing such beauty,” said Prince Moktan, who had reached Shey-Phoksundo Lake from Makawanpur, Hetauda. ”There are no clouds anywhere. What a beautiful weather.”
मोक्तानले भनेजस्तै डोल्पाको कान्जिरोवा हिमालको काखैमा अवस्थित शे–फोक्सुन्डो ताल प्रकृतिको अलौकिक उपहार हो । ताल पुग्ने उपयुक्त समय असोज–कात्तिक हो । यहाँको सफा, स्वच्छ, सुन्दर र शान्त मनोरम वातावरणले मनै लोभ्याउँछ । मकवानपुरबाटै ताल हेर्न पुगेका रामलाल स्याङ्तान पनि अझ छिनछिनमा आफ्नो रुप बदलिरहने तालको पानीले निकै आनन्द तुल्याएको बताउँछन् । ‘यहाँ आइपुग्ने जो कोही पर्यटक मजस्तै खुसी हुन्छन् होला,’ उनले भने, ‘यति आनन्द लाग्यो कि लामो दुरी पार गरेर यहाँ आउँदा छुट्टै मज्जा आयो ।’
शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिङगमो गाउँमा अवस्थित यो ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पछिल्ला वर्ष विदेशीभन्दा स्वदेशी पर्यटक धेरै पुग्ने गरेको यहाँका होटल व्यवसायी जिग्जी मोङ्गेल बुढाले बताए । यहाँसम्म पुग्ने पदमार्ग व्यस्थित नहुँदा भने पर्यटकले सास्ती खेप्नुपर्ने बाध्यता छ ।
डोल्पाको दुनै पुग्न ३ किलोमिटर बाँकी छँदै भेरी नदी तरेर सुलीगाड खोला किनारबाट शे–फोक्सुन्डो तालको यात्रा सुरु हुन्छ । ताल पुग्न निकुञ्ज भएर खोलामा कहिले वारि त कहिले पारि गर्दै उकालो लाग्नुपर्छ । भौगोलिक विकटता भए पनि खोलाको सुसाहट अनि प्राकृतिक सुन्दरताले पदयात्रालाई रोमाञ्चक बनाउने रुकुम पश्चिम त्रिवेणीका लोकमान थापा क्षेत्रीले बताए । बेलाबेलामा भेटिने घोडा अनि खच्चरका घन्टी, जाँदै गरेका र फर्किएका आन्तरिक तथा बाह्य पर्यटकले अझ मन फुरुङ्ग बनाउने गर्छ । भौगालिक विकटता भए पनि प्राकृतिक सुन्दरताका साथै जैविक विविधताले नै पर्यटक शे फोक्सुन्डो पुग्ने गर्छन् ।
तालबाटै बगेको पानीले केही तल सुलीगाड झरनासमेत बनेको मनमोहक दृश्य हेर्दा पैदल यात्राको दुःख भुलाउँछ । समुद्री सतहबाट ३ हजार ६ सय ११ मिटर उचाइमा ताल रहेको छ । यसको गहिराइ ६ सय ५० मिटर छ भने ४.८ किलोमिटर लम्बाइ र १.८ किलोमिटर चौडाइ रहेको छ । यो ताल नेपालकै गहिरो ताल मानिन्छ । ताल हेर्न बर्सेनि २ हजार ५ सयको हाराहारीमा विदेशी पर्यटक डोल्पा पुग्ने गरेको तथ्यांक निकुञ्जसँग छ । केही वर्षयता त्यसको चार गुणा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधारको विकास हुन नसक्दा चाहँदाचाहँदै पनि कतिपय पर्यटकले सास्ती खेप्नु परेको गुनासो गर्छन् । पर्यटकलाई तालसम्म पुग्ने सहज सडक, सूचना प्रवाह र खानबस्नको उचित प्रबन्ध हुनुपर्ने ताल हेर्न पुगेका आन्तरिक पर्यटक पाल्पा बगनासकाली–८, का दयाराज न्यौपानले बताए । डोल्पाको दुनै पुग्न ३ किलोमिटर बाँकी छँदै भेरी नदीको झोलुङ्गे पुल तरेर निकुन्ज हुँदै तालको यात्रा गरिन्छ । अधिकाँश आन्तरिक पर्यटक डेढ दिन र बाह्य पर्यटक दुई दिनमा ताल पुग्ने गर्छन् । कतिपय विदेशी पर्यटक भने तीन दिन लगाएर जाने गरेको होटल रोचीका होटल व्यवसायी सोनाम गुरुङले बताए ।
![Manohar Shey-Phoksundo [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/shey-foksundo-yatra-14-15102025091334-1000x0.jpg&w=1001&h=0)
![Manohar Shey-Phoksundo [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/shey-foksundo-yatra-15-15102025091349-1000x0.jpg&w=1001&h=0)
![Manohar Shey-Phoksundo [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/shey-foksundo-yatra-13-15102025091339-1000x0.jpg&w=1001&h=0)
![Manohar Shey-Phoksundo [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/shey-foksundo-yatra-12-15102025091323-1000x0.jpg&w=1001&h=0)
![Manohar Shey-Phoksundo [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/shey-foksundo-yatra-10-15102025091313-1000x0.jpg&w=1001&h=0)
![Manohar Shey-Phoksundo [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/shey-foksundo-yatra-4-15102025091232-1000x0.jpg&w=1001&h=0)