Aha! Spectacular Snow Range From Lumbini [Photos]

Locals were very excited and enthusiastic about the Mayadevi Temple in Lumbini, Shanti Dwipa, Baby Buddha and the Shantipri Vihara, Gumba, Chaitya and Gonpo located here along with the white mountains seen to the north.

आश्विन २७, २०८२

मनोज पौडेल

Aha! Spectacular Snow Range From Lumbini [Photos]

As the weather clears, there is an atmosphere of joy as the beautiful snow range can be seen from Lumbini, the birthplace of Buddha. Tourists, monks/nuns and pilgrims were happily taking pictures.

Aha! Spectacular Snow Range From Lumbini [Photos]

शुक्रबार र शनिबार बिहानैबाट दिउँसोसम्म सफा र चिटिक्कको शुभ्र हिमाल देखिएका थिए । लुम्बिनीस्थित मायादेवी मन्दिर, शान्ति द्वीप, बेबी बुद्ध र यहाँ रहेका शान्तिप्रिय विहार, गुम्बा, चैत्य र गोन्पोसँगै उत्तरतिर देखिएको शुभ्र हिमालले स्थानीय निकै उत्साहित र उमंगित भएका थिए । लुम्बिनीबासीले घरका छत, कौसी र दैलोबाटै मज्जाले सेताम्य हिमाल हेरेका थिए । आँखैअघि हिमाल देखिएपछि स्थानीय, सर्वसाधारण फोटो र सेल्फी खिच्न तँछाड–मछाड गरिरहेका थिए ।

Aha! Spectacular Snow Range From Lumbini [Photos]

लुम्बिनीबाट विश्वको सातौं अग्लो ८ हजार १ सय ६७ मिटर अग्लो हिमाल धौलागिरि पहिलो देखिएको थियो । त्यस्तै ७ हजार ५ सय ९१ मिटर अग्लो धौलागिरि दोस्रो, ७ हजार १५ मिटर अग्लो धौलागिरि तेस्रो र ७ हजार ६१ मिटर अग्लो धौलागिरि चौथो र ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल देखिएको थियो ।

Aha! Spectacular Snow Range From Lumbini [Photos]

त्यस्तै ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलो, ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ६ हजार ४ सय ४१ मिटर अग्लो हिउचुली हिमाल देखिएको ट्रेकिङ गाइड टेक घर्तीमगरले बताए ।

Aha! Spectacular Snow Range From Lumbini [Photos]

हिमालको मनमोहक दृश्यले लुम्बिनी शोभायमान भएको देख्दा निकै खुसी भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी बजिरले बताए । ‘६ वर्षयता बिहान र साँझ सेताम्य हिमालको सुन्दरता र रोमाञ्चकता हेरेर निकै आनन्दित भएँ,’ उनले भने, ‘मन खुसी र चंगा भयो ।’

Aha! Spectacular Snow Range From Lumbini [Photos]
Aha! Spectacular Snow Range From Lumbini [Photos]
Aha! Spectacular Snow Range From Lumbini [Photos]
Aha! Spectacular Snow Range From Lumbini [Photos]

मनोज पौडेल

Link copied successfully