लुम्बिनीस्थित मायादेवी मन्दिर, शान्ति द्वीप, बेबी बुद्ध र यहाँ रहेका शान्तिप्रिय विहार, गुम्बा, चैत्य र गोन्पोसँगै उत्तरतिर देखिएको शुभ्र हिमालले स्थानीय निकै उत्साहित र उमंगित भएका थिए ।
कपिलवस्तु, — मौसम सफा भएसँगै बुद्ध जन्मस्थल लुम्बिनीबाट मनमोहक हिमशृंखला देखिँदा उमंगको माहोल बनेको छ । पर्यटक, भिक्षु/भिक्षुणी र तीर्थयात्री खुसी हुँदै तस्बिर खिचिरहेका थिए ।
शुक्रबार र शनिबार बिहानैबाट दिउँसोसम्म सफा र चिटिक्कको शुभ्र हिमाल देखिएका थिए । लुम्बिनीस्थित मायादेवी मन्दिर, शान्ति द्वीप, बेबी बुद्ध र यहाँ रहेका शान्तिप्रिय विहार, गुम्बा, चैत्य र गोन्पोसँगै उत्तरतिर देखिएको शुभ्र हिमालले स्थानीय निकै उत्साहित र उमंगित भएका थिए । लुम्बिनीबासीले घरका छत, कौसी र दैलोबाटै मज्जाले सेताम्य हिमाल हेरेका थिए । आँखैअघि हिमाल देखिएपछि स्थानीय, सर्वसाधारण फोटो र सेल्फी खिच्न तँछाड–मछाड गरिरहेका थिए ।
![Aha! Spectacular Snow Range From Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/lumbini-bat-dekhiyo-setamya-him-srikhalamanoj-photo1-13102025091624-1000x0.jpg&w=1001&h=0)
![Aha! Spectacular Snow Range From Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/lumbini-bat-dekhiyo-setamya-him-srikhalamanoj-photo8-13102025091814-1000x0.jpg&w=1001&h=0)