३५ घरका करिब डेढ सय जना खुला आकाशमुनि रात बिताउन बाध्य छन् ।
इलाम — इलाम नगरपालिका–१० राजदुवालीस्थित माई खोलाको किनारमा रहेको सिंगो बस्ती शनिबार राति आएको भीषण बाढीले पूर्ण रूपमा बगायो । एकैछिनमा खोला उर्लिदा ३५ घर बाढीमै बिलाए र स्थानीय रातारात बेघर भए ।
कञ्चन मेचेले बच्चा च्यापेर ज्यान जोगाइन् । लाक्पा शेर्पा र डुक्पा विश्वकर्मा ज्यानै बचाउन भागे । अमृत रुम्दाली राईको घर पनि बाढीले सोरेर लग्यो । ३५ घरका करिब करिब डेढ सय जना खुला आकाशमुनि रात बिताउन बाध्य छन् ।
यो विपत्ति पहिलोपटकको हैन । २०२५ सालमा पनि माई खोलाले यस्तै प्रकोप मच्चाएको थियो । अहिले पनि इलामभर ३९ जनाको मृत्यु भएको छ, मेची राजमार्गका धेरै सडक खण्ड भासिएका छन् ।
![Mai Khola washed away the entire settlement, displaced people live under tents [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img2839-07102025051415-1000x0.jpg&w=1001&h=0)
![Mai Khola washed away the entire settlement, displaced people live under tents [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img2842-07102025051427-1000x0.jpg&w=1001&h=0)
![Mai Khola washed away the entire settlement, displaced people live under tents [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/whatsapp-image-2025-10-07-at-205137-07102025052223-1000x0.jpg&w=1001&h=0)