आइतबार बिहान वर्षा रोकिएको र पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख प्रदिप खत्रीले जानकारी दिए। उनका अनुसार काभ्रेसम्म सवारी साधन आउन जान दिइएको छ।
भक्तपुर — अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएर दुईतर्फी सवारी संचालन भएको छ। शनिबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। सरकारले लामो रुटका सवारीसाधन बन्द गरेपनि भक्तपुर-काभ्रे खण्डमा फसेका सवारी साधनहरू काठमाडौँ आउन पाएका थिएनन्।
![Arani Highway opened after Sanga landslides cleared [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sanga-pahiro-2-05102025070326-1000x0.jpg&w=1001&h=0)