हिन्दुहरुको सबैभन्दा ठूलो र लामो चाड दसैंका क्रममा उपत्यकामा रहेका अधिकांश घर गएपछि सधैं व्यस्त र ट्राफिक जाम हुने सडकहरु सुनसान बनेका छन् ।
काठमाडौँ — दसैंको अघिल्लो दिन नवमीमा आज काठमाडौं उपत्यकाका सडकहरु सुनसान बनेका छन् । हिन्दुहरुको सबैभन्दा ठूलो र लामो चाड दसैंका क्रममा उपत्यकामा रहेका अधिकांश घर गएपछि सधैं व्यस्त र ट्राफिक जाम हुने सडकहरु सुनसान बनेका छन् । अधिकांश मानिसहरु मंगलबारसम्म घर गइसकेका छन् । नजिकका जिल्लाका केही छुटपुट यात्रुहरु भने आज स–साना गाडी रिजर्ब गरेर घरतर्फ बिहानै लागेका छन् ।
![The streets of Kathmandu are deserted on the eve of Dasain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/default/dsc3342-01102025093715-1000x0.jpg&w=1001&h=0)