सुम्हात्लुङ शक्तिपीठमा पूजा र फुलपाती बढाइँ [तस्बिरहरू]

सुम्हात्लुङ गढी मन्दिर कोशी प्रदेशका शक्तिपीठमध्ये एक हो । जिल्लाका दसैंघरहरुमा यही मन्दिरबाट फूलपाती लैजाने चलन छ ।

आश्विन १३, २०८२

लक्ष्मी गौतम

Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]

पाँचथर — पाँचथरका विभिन्न दसैंघरहरुमा बढाइँसहित फूलपाती भित्र्याइएको छ । नेपाली सेनाको वीरदल गण, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरीको हिमशिखर गुल्म र जिल्ला प्रहरी कार्यालय सहितका दसैंघरहरुमा फूलपाती भित्र्याइएको हो ।

Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]

बिहान सवा ७ बजे गण र कार्यालयका दसैंघरबाट बाजागाजा र मङ्गलधुनसहित निस्केको टोलीले ४ सुम्हात्लुङ शक्तिपीठमा विधिपूर्वक पूजा अर्चना गरी फुलपाती बढाइँ गरेका थिए । सुम्हात्लुङ गढीमा पूजा आरधनापश्चात् शक्तिपीठहरु र देवीका नाममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेसँगै फूलपाती आ–आफ्ना दसैं घरमा भित्र्याइएको हो ।

Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]

फूलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बाजागाजा र दलबलसहित सुम्हात्लुङ मन्दिर पुग्दा स्थानीयले स्वागत गरेका थिए ।फुलपाती बढाइँमा सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । सुम्हात्लुङ गढी मन्दिर कोशी प्रदेशका शक्तिपीठमध्ये एक हो । जिल्लाका दसैंघरहरुमा यही मन्दिरबाट फूलपाती लैजाने चलन छ । यहाँ देवीका नाममा बलि दिने र काटमार गर्ने कामलाई प्रतिबन्ध लगाइएको छ ।

Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]
Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]
Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]
Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully