Sumhatlung Gadhi Temple is one of the Shaktipeeths of Koshi region. It is customary to take flowers from this temple to Dasainghars in the district.
Phulpati has been brought in in various Dasainghars of Panchthar. Flowers have been brought into the Dasainghars including Nepali Army's Birdal Gana, District Administration Office, Himshikhar Gulm of Armed Police and District Police Office.
बिहान सवा ७ बजे गण र कार्यालयका दसैंघरबाट बाजागाजा र मङ्गलधुनसहित निस्केको टोलीले ४ सुम्हात्लुङ शक्तिपीठमा विधिपूर्वक पूजा अर्चना गरी फुलपाती बढाइँ गरेका थिए । सुम्हात्लुङ गढीमा पूजा आरधनापश्चात् शक्तिपीठहरु र देवीका नाममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेसँगै फूलपाती आ–आफ्ना दसैं घरमा भित्र्याइएको हो ।
फूलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बाजागाजा र दलबलसहित सुम्हात्लुङ मन्दिर पुग्दा स्थानीयले स्वागत गरेका थिए ।फुलपाती बढाइँमा सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । सुम्हात्लुङ गढी मन्दिर कोशी प्रदेशका शक्तिपीठमध्ये एक हो । जिल्लाका दसैंघरहरुमा यही मन्दिरबाट फूलपाती लैजाने चलन छ । यहाँ देवीका नाममा बलि दिने र काटमार गर्ने कामलाई प्रतिबन्ध लगाइएको छ ।
![Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/phoolpatipanchthar-4-2992025072108-1000x0.jpg&w=1001&h=0)
![Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/phoolpatipanchthar-11-2992025072104-1000x0.jpg&w=1001&h=0)
![Puja and Phulpati at Sumhatlung Shaktipeeth [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/phoolpatipanchthar-14-2992025072059-1000x0.jpg&w=1001&h=0)