खसी बजार र वरपरका क्षेत्रमा यतिबेला खसी, बोका, भेडा र च्यांग्रा खरिद बिक्री गर्नेहरुलाई भ्याइनभ्याइ छ ।
काठमाडौँ — दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका खसी बजारमा हिमाली तथा पहाडी भेगबाट ल्याइएका खसी, बोका, भेडा र च्याङ्ग्रा किन्ने, बेच्नेहरुको घुइँचो लागेको छ । कलंकीको खसी बजार र वरिपरि पुग्दा खसी, बोका, भेडा र च्यांग्रा खरिद बिक्री गर्नेहरुलाई भ्याइनभ्याइ अवस्थामा रहेको पाइयो ।
नेपाल व्यावसायिक बाख्रापालन महासंघका अनुसार दसैंमा उपत्यकाभित्र करिब ६५ हजार खसी–बोका, च्यांग्रा खपत हुने संघको तथ्यांक छ । यसपालि स्वदेशमै पर्याप्त रहेकाले भारतबाट आउने सम्भावना न्यून रहेको महासंघले जनाएको छ । यस पटक रुकुम, रोल्पा, सोलु, बाँके, बर्दियादेखि पूर्वको भोजपुर, इलामलगायत जिल्लाबाट खसी–बोका उपत्यका ल्याइने व्यवसायीको भनाइ छ । विभिन्न जिल्लाबाट ल्याइएका खसी–बोका कलंकी खसी बजार, भृकुटीमण्डप, बालाजु बाइपास, सातदोबाटो, कोटेश्वर, तीनकुने, गौशाला, भक्तपुर, लोकन्थली, सल्लाघारी, चावहिललगायत क्षेत्रबाट बिक्री गरिन्छ । ‘स्वदेशमै उत्पादित लोकल खसी–बोका जति पनि छन्, अभाव हुने सम्भावना छैन । मूल्य पनि बढ्दैन,’ खड्काले भने, ‘गत वर्षको तुलनामा यस पटक बजारभाउ उस्तै छ ।’
![Ways to Buy and Sell Khasibo [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/khasibokasellfordashain09282025dsc3175-2892025024352-1000x0.jpg&w=1001&h=0)
![Ways to Buy and Sell Khasibo [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/khasibokasellfordashain09282025dsc3172-2892025024345-1000x0.jpg&w=1001&h=0)