Following the Sheep to Patan [Photos]

Sometimes shepherds get sick and sometimes sheep. No matter how many farmers there are in Rukum East who make their living by rearing sheep, goats and other animals, their suffering is the same.

Ashwin 11, 2082

Mahesh Kc

Following the Sheep to Patan [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Thalkhark Patan located in Putha Uttarganga Rural Municipality-5. A high wind-blown mountain, the Jhalal Himal to the north, and the Gajadhamma mountain to the other. In this area and geography, the sheep that were enjoying the pastures of the green grass that grew with the heavy rains are now coming down.

Following the Sheep to Patan [Photos]

दिनभरि भीर पहराको खान्की भ्याएर साँझपख गोठालाको सामान्य संकेत पाउनेबित्तिकै सरासर गोठतिर जाने भेडाको बथान अब खर्कभन्दा केही तल हुकाम गाउँको आसपासमा रमाउने छन् । अनि गोठाला भने हुकाममा रहेको मूलघरमै चाडबाड मनाउने तयारी गर्दै छन् । चैतमा पाटन उक्लेका गोठाला भदौसम्म चरन खोज्दै यही आसपासका खर्कमा हरेक महिनाजसो गोठ सार्ने गर्छन् । ‘अब त हामी खर्क छोडेर बेँसी झरेका छौं । माथीतिर चिसो बढ्यो अनि चाडबाड पनि आयो,’ गोठाला झलमान बुढाले भने, ‘अब अलि तलतिरका पहाडमा चरन खोजेर बस्ने हो ।’

Following the Sheep to Patan [Photos]

करिब ४५ सय मिटर उचाइसम्म पुगेर भेडाका लागि चरन खोज्दै हिँड्ने आफूहरुको दुःख यहाँका पहाडभन्दा कम अग्ला नभएको झलकमान बताउँछन् । ‘हिउँद होस् या बर्खा, अनेकन् सुख–दुःख आइपर्छन्, सबै सहनैपर्छ । गाउँबाट खान्की बोकेर गोठसम्म ल्याउनुपर्छ, दाउरा–पानीको अभाव हुन्छ । कहिले आफै बिरामी त कहिले भेडा बिरामी पर्छन् । सकेको घरेलु उपचारले ज्यान जोगाउँछौं । बाँकी त भगवान् भरोसा चलेको छ,’ उनले सरसर्ती सुनाए ।

Following the Sheep to Patan [Photos]

यी त भए हुकामी गोठालाका कुरा । यससँगै रुकुम पूर्वमा जति पनि भेडा, बाख्रा र अरु पशु–चौपाया पालेर आफ्नो जीविका चलाउने किसान छन्, उनीहरुका दुःख उस्तैउस्तै हो । अर्का गोठाला महेन्द्र पुनले आफूसँगै भेडाहरुको पनि स्वास्थ्य उपचारको सबैभन्दा ठूलो समस्या भएको बताए । ‘भेडाको पछिपछि भीरको बाटो हिँड्नुपर्छ । यहाँको मौसम र खटनले पनि कतिबेला आफै त कतिबेला भेडा बिरामी पर्छन् । उपचार पाउन मुस्किल छ,’ सरकारसमक्ष माग गर्दै उनले भने, ‘कम्तीमा वर्षमा एकपल्ट हाम्रो र भेडाको स्वास्थ्य परीक्षण र आवश्यक उपचारका लागि सरकारी सहयोग जरुरी छ । बिमा भए पनि हामीलाई राम्रो हुने थियो ।’

Following the Sheep to Patan [Photos]

मुख्यतः उनीहरुको आम्दानीको स्रोत नै भेडा हुन् । प्रतिभेडा १५ देखि ३० हजारसम्ममा बिक्री हुने महेन्द्र बताउँछन् । पहिले–पहिले ऊन पनि धेरै नै बिक्री हुन्थ्यो । पछिल्ला वर्ष यसको बिक्री आधाभन्दा धेरैले घटेको उनको भनाइ छ । ‘ऊनबाट विभिन्न प्रकारका कपडा बनाइन्छ । तर पछिल्लो समय बजारमा अनेक कपडा आएकाले यसको माग कम भएको छ,’ उनले भने ।

Following the Sheep to Patan [Photos]

यहाँ एकै घरका करिब एक सयजति भेडा हुन्छन् । १५ सयदेखि २ हजार वटा भेडाको एउटा बथान बनाएर पालैपालो ४–५ जनाको समूह बनाएर बथानको रेखदेख गर्ने र गोठ कुर्ने उनीहरुको चलन छ । सबैजना गोठमा बस्न मुस्किल हुने भएकाले एउटै गोठमा बस्न मिल्नेगरी पालैपालो आउने अनि सामूहिक रुपमा भेडाको रेखदेख गर्ने गोठाला साहस पुन बताउँछन् ।

Following the Sheep to Patan [Photos]

भेडा र गोठालाको सुरक्षा, सरल र आधुनिक शैलीमा यिनको रेखदेख एवम् थप व्यावसायीकरण गर्न सके यो पेसाको निरन्तरतासँगै पुस्तान्तरण समेत हुनेछ । यसका लागि पुथाउत्तरगंगा गाउँपालिका-५ ले गोठालाका लागि खर्कहरुमा गोठ बनाइदिने काम गरेको वडाध्यक्ष टिकासाई घर्तीले बताए । ‘हामी सकेसम्म गोठालाको दैनिकीलाई सहज बनाउन लागिपरेका छौं । गत आर्थिक वर्षमा ५ वटा गोठ निर्माण गर्‍यौं । यो वर्ष पनि किसान र भेडाको सुरक्षा र यसको व्यवसायीक विकासका लागी केही न केही गर्ने हाम्रो योजना रहेको छ ।’

Following the Sheep to Patan [Photos]
Following the Sheep to Patan [Photos]
Following the Sheep to Patan [Photos]
Following the Sheep to Patan [Photos]

Mahesh

Link copied successfully