विश्व पर्यटन दिवसका उपलक्ष्यमा बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने पर्यटकलाई भव्य स्वागत तथा सम्मान गरिएको हो ।
लुम्बिनी — विश्व पर्यटन दिवसका उपलक्ष्यमा बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने पर्यटकलाई भव्य स्वागत तथा सम्मान गरिएको छ । शनिबार मायादेवी मन्दिर पुग्ने पहिलो दुई भियतनामी पर्यटक हावान वाङ र बई भन फोनलाई लुम्बिनी विकास कोषले माला, खादा लगाएर स्वागत गरेको हो । उनीहरूलाई कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले सम्मान पत्रसमेत प्रदान गरेका हुन् ।दुवै पर्यटकलाई मायादेवी मन्दिर प्रवेश निःशुल्क गरेर कोषका पथप्रदर्शक अधिकृत दिलीप सिंह राईले निःशुल्क गाइड गरेका थिए । त्यस्तै लुम्बिनी होटल एसोसिएसन र हाम्रो लुम्बिनी अभियानले पनि मायादेवी मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकको स्वागत गरेका थिए । विश्व पर्यटन दिवसका उपलक्ष्यमा लुम्बिनीका कतिपय होटलले सहुलियत प्याकेजमा लजिङ, फुडिङ सेवा प्रदान गरेका छन् । शनिबार मायादेवी मन्दिर पुग्ने भियतनामी पर्यटक वाङ र भन आफूहरु भियतनामको भ्लगर रहेको र नेपालमा न्यानो आतिथ्यता पाउँदा निकै खुसी भएको भनले बताए । आफूहरुको यो यात्राले भियतनामी पर्यटक लुम्बिनी आउन लालायित हुने उनले थपे ।
![A grand welcome to Lumbini tourists [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/world-toursim-daymanoj-photo5-2792025103644-1000x0.jpg&w=1001&h=0)