थारू पहिरनमा गाउँगाउँबाट बाजागाजा र भजन गाउँदै पुगेका थिए । श्रद्धालुहरू नदी किनारमा पण्डित राखेर संकल्प पूजा गरी घडामा जल लिएर फर्केका थिए ।
काठमाडौँ — कपिलवस्तुको वाणगंगा नगरपालिकाका थारु समुदायले बडादसैंको पहिलो दिन सोमबार घरघरमा पानी भरिएको घडाको स्थापना गरी घटस्थापना गरेका छन् । घटस्थापनासँगै दसैंको रौनक सुरु भएको छ ।
घडा स्थापना गरी पूजाआजा गर्न पवित्र जल लिन उनीहरू वाणगंगा नदीको लक्ष्मणघाट पुगेका थिए । थारू पहिरनमा गाउँगाउँबाट बाजागाजा र भजन गाउँदै पुगेका थिए । श्रद्धालुहरू नदी किनारमा पण्डित राखेर संकल्प पूजा गरी घडामा जल लिएर फर्केका थिए । उनीहरूले घरमा घडामा दियोबालेपछि नवरात्रीको पूजाको विविधत सुरु भएको मान्ने गरेको जगदीशपुरका अनिल थारुले बताए । वाणगंगा नगरपालिकाको थारू गउँको यो परम्परागत चलन हो ।

