आगजनीपछि हलको छत नै खसेको छ । त्यस्तै हलमा लगाइएका सिसाहरू फुटेका छन् भने अन्य संरचना पनि ध्वस्त भएका छन् ।
काठमाडौँ — सरकारी सभा सम्मेलनका लागि भनेर बनाइएको गोदावरीस्थित सनराइज हल ध्वस्त भएको छ । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा उक्त हल ध्वस्त भएको छ । आगजनीपछि हलको छत नै खसेको छ । त्यस्तै हलमा लगाइएका सिसाहरू फुटेका छन् भने अन्य संरचना पनि ध्वस्त भएका छन् ।
सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र झन्डै ८१ करोड रूपैयाँ खर्चेर निर्माण गरिएको थियो । २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको शिलन्यास गरेका थिए र २०७८ वैशाख ३१ गते उद्घाटन गरेका थिए । सनराइज सम्मेलन केन्द्रलाई ३ हजार बढी मान्छे अटाउने बनाइएको थियो ।
![81 Crore Sunrise Conference Center Demolition [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sunrise-hall2-1792025105906-1000x0.jpg&w=1001&h=0)
![81 Crore Sunrise Conference Center Demolition [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sunrise-hall3-1792025105909-1000x0.jpg&w=1001&h=0)