कपिलवस्तुमा पनि युवाहरुको प्रदर्शन*

तौलिहवाका अतिरिक्त जीतपुर, इमिलिया, चन्द्रौटा र कृष्णनगरमा पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

भाद्र २४, २०८२

मनोज पौडेल

Genji's demonstration in Kapilvastu in protest of Kathmandu

कपिलवस्तु — मंगलबार कपिलवस्तुमा पनि युवाले प्रदर्शन गरेका छन् ।

Genji's demonstration in Kapilvastu in protest of Kathmandu

सदरमुकाम तौलिहवास्थित प्रशासन कार्यालयअघि मंगलबार बिहान ११ बजेदेखि नाराबाजी गर्दै टायर बालेर बाटो अवरुद्ध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध प्रदर्शन गर्दै जेनजी युवाले बजार परिक्रमा गरेका थिए । 

Genji's demonstration in Kapilvastu in protest of Kathmandu

प्रदर्शनमा उत्रिएका युवाले नेकपा एकीकृत समाजवादी र कांग्रेस पार्टी कार्यालयमा ढुंगामुढा गर्दा कार्यालयका बोर्ड, एसी र झ्यालका सिसा फुटेका छन् । त्यस्तै नापी कार्यालयका झ्यालका सिसा पनि प्रदर्शनकारीले फुटाइदिएका छन् । मालपोत कार्यालय र कपिलवस्तु नगरपालिका कार्यालयमा पनि बाहिरबाट ढुंगा प्रहार गरेका थिए । त्यस्तै जीतपुर, इमिलिया, चन्द्रौटा र कृष्णनगरमा पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

Genji's demonstration in Kapilvastu in protest of Kathmandu
Genji's demonstration in Kapilvastu in protest of Kathmandu
Genji's demonstration in Kapilvastu in protest of Kathmandu
Genji's demonstration in Kapilvastu in protest of Kathmandu
Genji's demonstration in Kapilvastu in protest of Kathmandu
Genji's demonstration in Kapilvastu in protest of Kathmandu
Genji's demonstration in Kapilvastu in protest of Kathmandu
Genji's demonstration in Kapilvastu in protest of Kathmandu
Genji's demonstration in Kapilvastu in protest of Kathmandu

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully