Apart from Taulihawa, demonstrations are also being held in Jitpur, Emilia, Chandrauta and Krishnanagar since morning.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Genji Yuva demonstrated in Kapilvastu on Tuesday against the police repression in the capital on Monday.
सदरमुकाम तौलिहवास्थित प्रशासन कार्यालयअघि मंगलबार बिहान ११ बजेदेखि नाराबाजी गर्दै टायर बालेर बाटो अवरुद्ध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध प्रदर्शन गर्दै जेनजी युवाले बजार परिक्रमा गरेका थिए ।
प्रदर्शनमा उत्रिएका युवाले नेकपा एकीकृत समाजवादी र कांग्रेस पार्टी कार्यालयमा ढुंगामुढा गर्दा कार्यालयका बोर्ड, एसी र झ्यालका सिसा फुटेका छन् । त्यस्तै नापी कार्यालयका झ्यालका सिसा पनि प्रदर्शनकारीले फुटाइदिएका छन् । मालपोत कार्यालय र कपिलवस्तु नगरपालिका कार्यालयमा पनि बाहिरबाट ढुंगा प्रहार गरेका थिए । त्यस्तै जीतपुर, इमिलिया, चन्द्रौटा र कृष्णनगरमा पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ ।


