छोनामका पान्देहरु [तस्बिरहरु]

खेतबारीको नयाँ नौलो अन्न घरका अन्यले खानुभन्दा अघि पितृ र प्रकृतिलाई चढाउने विधि नै छोनाम हो । छोनाममा पान्दे अर्थात् पुजारीको भूमिकामा रहने झाँक्रीहरुले तन्त्रमन्त्र गर्दै ढ्यांग्रो ठटाउँदै नयाँ अन्न पितृलाई चढाउँछन् । 

भाद्र २२, २०८२

रमेशकुमार पौडेल

Pandas of Chonam [Photos]

चितवन — आदिवासी समुदाय चेपाङले मनाउने मुख्य पर्व छोनामका हर्ताकर्ता हुन् पान्दे । नयाँ अन्न फलफूल तरकारी पितृलाई अर्पण गरेपछि बल्ल घर परिवारका अन्य सदस्यले खाने चलन चेपाङ समुदायमा छ । पान्देले पितृलाई नयाँ अन्न चढाउने विधि पूरा गर्दछन् । नयाँ अन्न नवाङ्गी गरेर खाने चलन अन्य समुदायमा पनि छ । चेपाङहरु छोनामलाई नवाङ्गी पनि भन्छन् । चेपाङ भाषामा नवाङ भनेको नयाँ र गीको अर्थ नौलो हुन्छ । 

Pandas of Chonam [Photos]

खेतबारीको नयाँ नौलो अन्न घरका अन्यले खानुभन्दा अघि पितृ र प्रकृतिलाई चढाउने विधि नै छोनाम हो । छोनाममा पान्दे अर्थात् पुजारीको भूमिकामा रहने झाँक्रीहरुले तन्त्रमन्त्र गर्दै ढ्यांग्रो ठटाउँदै नयाँ अन्न पितृलाई चढाउँछन् । जसलाई फलाक्ने भनिन्छ । छोनाम पर्वमा नेपाल चेपाङ संघले २०६३ सालयता हरेक वर्षको भदौ २२ मा केन्द्रीय तहमा चेपाङ बहुल क्षेत्रमा कार्यक्रम गर्दै आएको छ । यो पटक चितवनको पालो परेको थियो ।

Pandas of Chonam [Photos]

इच्छाकामना गाउँपालिका–६ कालिखोलामा संघले आयोजना गरेको छोनाम विशेष कार्यक्रममा चितवन र धादिङका पान्देहरु पुगेका थिए । काने झाँक्री भनेर चिनिएका इच्छाकामनाका ४८ वर्षीय पान्दे विश्राम चेपाङ आफ्ना अन्य पान्दे साथीहरू राजकुमार र भीमबहादुर चेपाङसहित कार्यक्रम स्थल पुगेका थिए । धादिङबाट आएका थप दुई जना पान्देहरुले पनि ढ्यांग्रो ढटाउँदै छोनामको विधि पाहुना र अन्य दर्शकलाई देखाए । 

Pandas of Chonam [Photos]

समथर इलाकामा भन्दा प्राय पहाडका भीर पाखामा बस्दै आएका चेपाङहरुले भित्राउने मुख्य बाली भनेको मकै, कागुनो, सामा, पिँडालु नै हो । मकै खानलाई तयार हुने भनेको भदौ याममा हो । त्यसैले भदौ सुरु भएसँगै चेपाङको गाउँ टोलमा छोनाम मनाउन सुरु हुने केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । गाउँमा आठ १० घर मिलेर छोनामको विधि पूरा गर्ने चलन छ । 

Pandas of Chonam [Photos]

मुख्य पर्वको प्रचारका लागि संघले २० वर्षयता भदौ २२ मा कार्यक्रम गर्दै आएको केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा सम्म बसोबास भएका चेपाङ अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय हुन् । देशका २६ जिल्लामा फैलिएका चेपाङहरुको कुल जनसंख्या २०७८ सालको जनगणना अनुसार ८४ हजार ३६४ रहेको केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । भदौ २२ मा बागमती प्रदेश सरकारले तीन वर्षयता चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिँदै आएको छ । 

Pandas of Chonam [Photos]
Pandas of Chonam [Photos]
Pandas of Chonam [Photos]
Pandas of Chonam [Photos]
Pandas of Chonam [Photos]

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully