Chonam is the method of offering the new grain of the farm to the ancestors and nature before others in the household eat it. In Chonam, the Jhankris, who play the role of Pande or priest, offer new food to the father by chanting mantras and shaking the drum.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Pande is the hartakarta of Chonam, the main festival celebrated by the Chepang tribal community. In the Chepang community, it is customary for other members of the family to eat new grains, fruits and vegetables after offering them to the ancestors. Pande completes the ritual of offering new grain to the father. There is also a custom of eating new grains in new ways in other communities. Chepangs also call Chonam Nawangi. In Chepang language, Nawang means new and Gee means new.
खेतबारीको नयाँ नौलो अन्न घरका अन्यले खानुभन्दा अघि पितृ र प्रकृतिलाई चढाउने विधि नै छोनाम हो । छोनाममा पान्दे अर्थात् पुजारीको भूमिकामा रहने झाँक्रीहरुले तन्त्रमन्त्र गर्दै ढ्यांग्रो ठटाउँदै नयाँ अन्न पितृलाई चढाउँछन् । जसलाई फलाक्ने भनिन्छ । छोनाम पर्वमा नेपाल चेपाङ संघले २०६३ सालयता हरेक वर्षको भदौ २२ मा केन्द्रीय तहमा चेपाङ बहुल क्षेत्रमा कार्यक्रम गर्दै आएको छ । यो पटक चितवनको पालो परेको थियो ।
इच्छाकामना गाउँपालिका–६ कालिखोलामा संघले आयोजना गरेको छोनाम विशेष कार्यक्रममा चितवन र धादिङका पान्देहरु पुगेका थिए । काने झाँक्री भनेर चिनिएका इच्छाकामनाका ४८ वर्षीय पान्दे विश्राम चेपाङ आफ्ना अन्य पान्दे साथीहरू राजकुमार र भीमबहादुर चेपाङसहित कार्यक्रम स्थल पुगेका थिए । धादिङबाट आएका थप दुई जना पान्देहरुले पनि ढ्यांग्रो ढटाउँदै छोनामको विधि पाहुना र अन्य दर्शकलाई देखाए ।
समथर इलाकामा भन्दा प्राय पहाडका भीर पाखामा बस्दै आएका चेपाङहरुले भित्राउने मुख्य बाली भनेको मकै, कागुनो, सामा, पिँडालु नै हो । मकै खानलाई तयार हुने भनेको भदौ याममा हो । त्यसैले भदौ सुरु भएसँगै चेपाङको गाउँ टोलमा छोनाम मनाउन सुरु हुने केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । गाउँमा आठ १० घर मिलेर छोनामको विधि पूरा गर्ने चलन छ ।
मुख्य पर्वको प्रचारका लागि संघले २० वर्षयता भदौ २२ मा कार्यक्रम गर्दै आएको केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा सम्म बसोबास भएका चेपाङ अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय हुन् । देशका २६ जिल्लामा फैलिएका चेपाङहरुको कुल जनसंख्या २०७८ सालको जनगणना अनुसार ८४ हजार ३६४ रहेको केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । भदौ २२ मा बागमती प्रदेश सरकारले तीन वर्षयता चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिँदै आएको छ ।
![Pandas of Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chhonam-ka-pande-haru-9-0792025025836-1000x0.jpg&w=1001&h=0)
![Pandas of Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chhonam-ka-pande-haru-10-0792025025841-1000x0.jpg&w=1001&h=0)
![Pandas of Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chhonam-ka-pande-haru-8-0792025025831-1000x0.jpg&w=1001&h=0)
![Pandas of Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chhonam-ka-pande-haru-7-0792025025827-1000x0.jpg&w=1001&h=0)
![Pandas of Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chhonam-ka-pande-haru-6-0792025025823-1000x0.jpg&w=1001&h=0)