Chepang community busy in Chonam [Photos]

Pandey carrying a drum were completing the Chonam ceremony. Young people were enjoying the music. The elders were happy to see the fun.

Bhadra 22, 2082

Ramesh Kumar Paudel

Chepang community busy in Chonam [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Chonam is the main festival of Chepang, a tribal community belonging to the most marginalized category. On the occasion of this festival, Nepal Chepang Association has been holding a special program on August 22 every year since 2063.

Chepang community busy in Chonam [Photos]

यसै सिलसिलामा आइतबार चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा संघले आयोजना गरेको कार्यक्रममा चेपाङ समुदायका युवा र प्रौढदेखि यस पर्वका बारेमा चासो र सरोकार राख्नेको जमघट भएको छ । पुजारीको भुमिकामा रहने झाँक्री 'पान्दे' ले ढ्याङ्ग्रो ठटाउँदै र मन्त्र फलाक्दै नयाँ अन्न पितृलाई अर्पण गरेपछि बल्ल घर परिवारका अन्य सदस्यले खाने चलन चेपाङ समुदायमा छ । नयाँ अन्न न्वागी गरेर खाने चलन अन्य समुदायमा पनि चल्दै आएको छ । चेपाङ छोनामलाई नवाङ्गी पनि भन्छन् । चेपाङ भाषामा नवाङ भनेको नयाँ र गी को अर्थ नौलो हुने चेपाङ अगुवा बताउँछन् ।

Chepang community busy in Chonam [Photos]

‘खेतबारीको नयाँ नौलो अन्न घरका अन्यले खानुअघि पितृ र प्रकृतिलाई चढाउने विधि नै छोनाम हो,’ संघका केन्द्रीय महासचिव सन्तबहादुर चेपाङले भने । छोनाम पर्वको अवसरमा बागमती प्रदेश सरकारले आतबार प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको छ । पहाडका भीर पाखामा बस्दै आएका चेपाङहरुले भित्राउने मुख्य बाली भनेको मकै, कागुनो, सामा, पिँडालु नै हो । ‘जुन खेती खानलाई तयार हुने भनेको भदौ याममा हो । त्यसैले हामी भदौ सुरु भएसँगै छोनाम मनाउन सुरु गर्छौं,’ केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भने ।

Chepang community busy in Chonam [Photos]

भदौ २२ लाई भने संघले विशेष दिन मानेर कार्यक्रम गर्दै आएको उनले बताए । संघले भदौ २२ मा पालो गरेर जिल्लाको एक ठाउँमा केन्द्रीय कार्यक्रम गर्छ । २०६३ सालको भदौमा चितवनको टिकौलीमा नै पहिलो कार्यक्रम भएको थियो ।

Chepang community busy in Chonam [Photos]

यसपालि पटक नारायणगढ-मुग्लिन सडकमा पर्ने कालिखोला पुलदेखि केही पर भएको कार्यक्रममा ढ्याङ्ग्रो बोकेको पान्देहरु छोनामका विधि पूरा गरिरहेका थिए । गीतसंगीतमा युवायुवती रमाइरहेका थिए । पाकाहरु रमाइलो देखेर आनन्द मान्दै थिए । उनीहरू छोनामबारे सुनेजानेका कुरा अरुलाई बताइरहेका पनि थिए । चेपाङहरुले खाँदै आएका गिट्ठा, सिस्नुको साग, कागुनो, सामाको भात र पिँडालुको परिकार पनि कार्यक्रममा आउने पाहुनालाई खुवाएको इच्छाकामना-६ का वडाध्यक्ष लक्ष्मण चेपाङले बताए ।

Ramesh

Link copied successfully