बंगलादेशसँग मैत्रीपूर्ण फुटबल : यस्तो छ नेपालको तयारी

एन्फाले टिकट मूल्य भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय रुपैयाँ तोकेको छ । दुवै खेलको टिकटिङको जिम्मेवारी एन्फाले आफ्नै स्वामित्वमा राखेको शाहले बताए ।

भाद्र १७, २०८२

अंगद ढकाल

Friendly football with Bangladesh: This is Nepal's preparation

काठमाडौँ — बंगलादेशसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि नेपाली टोली अभ्यासमा जुटेको छ । फिफा विन्डोमा नेपाल र बंगलादेशबीच भदौ २१ र २४ गते दुई मैत्रीपूर्ण खेल हुनेछ ।

Friendly football with Bangladesh: This is Nepal's preparation

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई खेल आयोजनाका लागि अनुमानित १ करोड २७ लाख ५ हजार १ सय ६१ रुपैयाँ बजेट तयार पारेको छ । एन्फाले बंगलादेशलाई अभ्यासका लागि नेपाली सेनाको खेल मैदान र च्यासल रंगशालामा व्यवस्था मिलाएको प्रवक्ता सुरेश शाहले बताए ।

Friendly football with Bangladesh: This is Nepal's preparation

एन्फाले टिकट मूल्य भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय रुपैयाँ तोकेको छ । दुवै खेलको टिकटिङको जिम्मेवारी एन्फाले आफ्नै स्वामित्वमा राखेको शाहले बताए । भीआईपीतर्फ १२ सयसम्म र साधारणतर्फ ७ हजार मात्र टिकट बेच्ने जनाइएको छ । नेपाली खेलाडीलाई एक्सपोजर दिन बंगलादेशसँगको खेलको आयोजना गरिएको एन्फाले जनाएको छ । एक्सन स्पोर्ट्‌सले खेलको प्रत्यक्ष प्रशारण गर्नेछ भने लाइभ स्ट्रिमिङको जिम्मेवारी एड रिलिजले पाएको छ ।

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully