ANFA has set the ticket price at Rs 1,000 for VIP and Rs 500 for general. Shah said that ANFA is responsible for the ticketing of both matches.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
The Nepali team is practicing for the friendly international football match with Bangladesh. There will be two friendly matches between Nepal and Bangladesh on August 21 and 24 in the FIFA window.
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई खेल आयोजनाका लागि अनुमानित १ करोड २७ लाख ५ हजार १ सय ६१ रुपैयाँ बजेट तयार पारेको छ । एन्फाले बंगलादेशलाई अभ्यासका लागि नेपाली सेनाको खेल मैदान र च्यासल रंगशालामा व्यवस्था मिलाएको प्रवक्ता सुरेश शाहले बताए ।
एन्फाले टिकट मूल्य भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय रुपैयाँ तोकेको छ । दुवै खेलको टिकटिङको जिम्मेवारी एन्फाले आफ्नै स्वामित्वमा राखेको शाहले बताए । भीआईपीतर्फ १२ सयसम्म र साधारणतर्फ ७ हजार मात्र टिकट बेच्ने जनाइएको छ । नेपाली खेलाडीलाई एक्सपोजर दिन बंगलादेशसँगको खेलको आयोजना गरिएको एन्फाले जनाएको छ । एक्सन स्पोर्ट्सले खेलको प्रत्यक्ष प्रशारण गर्नेछ भने लाइभ स्ट्रिमिङको जिम्मेवारी एड रिलिजले पाएको छ ।


