The grasslands of the Himalayas and the vegetation growing on the rocks have made the Timbung Pond area on the border of Panchthar and Taplejung look attractive.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Padamchal, also known as the Himalayan Tower, is called Kenjo by the Chinese. Even in Nepal, there are many people who know this plant as kenjo. The grasslands of the Himalayas and the vegetation growing on the rocks have made the Timbung Pond area on the border of Panchthar and Taplejung look attractive.
हिमाली टावर पनि भनिने पदमचाललाई चिनियाँले केञ्जो भन्छन् । नेपालमा पनि यो वनस्पतिलाई केञ्जो भनेर चिन्ने धेरै छन् । तिम्बुङ पोखरीनजिकै रहेको पाँचथरको याङवरक–२ मा यसको प्राकृतिक बगैंचा छ । जसलाई स्थानीयले ‘केञ्जो गार्डेन’ नामकरण गरिदिएका छन् । फेदमा हरियो पात हुने केञ्जोको डाँठमा सेता पत्र खप्टिएर टुप्पासम्म फुलेकाले झट्ट हेर्दा टावरजस्तै लाग्ने भएकाले स्थानीयले यसलाई ‘हिमाली टावर’ पनि भन्ने गर्छन् । टाढाबाट हिउँको थुप्रोझैं देखिने केञ्जोका बुट्यानसँग तस्बिर, भिडियो खिच्ने र हिमाली सौन्दर्यमा रमाउन यहाँ यात्रामा निस्किनेको संख्या बढेको छ ।
यो वनस्पति समुद्री सतहदेखि ४ हजार २ सय मिटरभन्दा माथिल्लो भूभागमा पाइन्छ । तिम्बुङ पोखरी क्षेत्रमा भेटिएकी फिदिम–२ की सरस्वती शिवाकोटीले २०५५ सालमा पहिलोपटक तस्बिरमा पदमचाल देखे पनि प्रत्यक्ष हेर्ने इच्छा यसपालि मात्रै पूरा भएको सुनाइन् । फिदिम–४ का वासु घिमिरेले पदमचालको सौन्दर्य हेर्न बर्सेनि यो ठाउँ घुम्न आउने बताए । उनले हालसम्म ६ पटक तिम्बुङ पोखरी क्षेत्रको भ्रमण गरिसकेका छन् । फिदिमका साहित्यकार भवानी तावा प्रत्येक वर्ष जसो पदमचालको बगैंचा डुलेर फर्किने गरेका छन् ।
![Kenzo Garden attracts tourists [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/himali-tower-kenjo-10-3182025091959-1000x0.jpg&w=1001&h=0)
![Kenzo Garden attracts tourists [Photos]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
![Kenzo Garden attracts tourists [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kenjo-3182025092044-1000x0.jpg&w=1001&h=0)