लगातारको पहिरो रोकथाममा प्रभावकारी काम नभएपछि व्यवसायीले फलफूलदेखि मेसिनरीसम्मका सामान भरियामार्फत जोखिम मोलेर भित्र्याइरहेका छन् ।
तातोपानी (सिन्धुपाल्चोक) — चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्गको कोदारी ११ दिनदेखि अवरुद्ध छ । लगातारको पहिरो रोकथाममा प्रभावकारी काम नभएपछि व्यवसायीले सड्ने फलफूलदेखि मेसिनरीसम्मका सामान भरियामार्फत जोखिम मोलेर भित्र्याइरहेका छन् ।
रसुवा नाका असारमै बन्द भएपछि चीनसँगको एक मात्र विकल्प तातोपानी रहेकाले लाखौंको अतिरिक्त खर्च बेहोर्न व्यवसायी बाध्य भएका छन् । एक कन्टेनर स्याउ मात्र भित्र्याउन डेढ लाखसम्म खर्च हुने, कार्टुन फुट्ने, गर्मीले बिग्रने जोखिम बढेको व्यापारी शारदाप्रसाद पराजुलीले बताए ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बर्सेनि करोडौं राजस्व दिने नाकाप्रति सरकारले बेवास्ता गरेको आरोप लगाए । गत वर्ष तातोपानी भन्सारबाट करिब १९ अर्ब राजस्व उठेको थियो भने यस वर्ष साउनमा लक्ष्यको मात्र ४०–४२ प्रतिशत संकलन हुने अनुमान छ । लार्चाबाट साढे ६ किमिभित्रको सडक लगातार पहिरोमा परेपछि अब शीघ्र वैकल्पिक समाधान खोज्न व्यवसायीले माग गरेका छन् ।
![Porter's load at Tatopani crossing [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000058233-1482025063547-1000x0.jpg&w=1001&h=0)
![Porter's load at Tatopani crossing [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000058228-1482025063530-1000x0.jpg&w=1001&h=0)
![Porter's load at Tatopani crossing [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000058231-1482025063543-1000x0.jpg&w=1001&h=0)