नाइमा एक्स्पोमा थरीथरी गाडी

साउन २५ गतेसम्म चल्ने एक्स्पोमा नयाँ मोडलका सवारी साधन सार्वजनिक गर्न कम्पनीहरूबीच प्रतिस्पर्धा छ । एक्स्पोमा ३५ वटा नयाँ मोडलका सवारी साधन सार्वजनिक हुने छ ।

श्रावण २१, २०८२

विमल खतिवडा, दीपेन श्रेष्ठ

Tharithari vehicle at Naima Expo

काठमाडौँ — भृकुटीमण्डपमा बुधबारदेखि सुरु ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ मा ५० वटा ब्रान्डका सवारी साधन राखिएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु एक्स्पोमा पहिलो दिन नै दुई र चारपांग्रे सवारी साधनबारे हेर्न र बुझ्न आउनेको भीड लागेको छ ।

Tharithari vehicle at Naima Expo

साउन २५ गतेसम्म चल्ने एक्स्पोमा नयाँ मोडलका सवारी साधन सार्वजनिक गर्न कम्पनीहरूबीच प्रतिस्पर्धा छ । एक्स्पोमा ३५ वटा नयाँ मोडलका सवारी साधन सार्वजनिक हुने छ । एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक गाडी सार्वजनिक गरिने छ । पाँच दिनसम्म चल्ने एक्स्पो ८० हजारभन्दा बढीले अवलोकलन गर्ने दाबी आयोजकको छ ।

Tharithari vehicle at Naima Expo

प्रर्दशनीस्थल दुई र चारपांग्रे सवारी साधनले भरिएको छ । एक्स्पोमा १७ वटा ब्रान्डका त दुईपांग्रे सवारी साधन राखिएको छ । चाडबाड लक्षित गरेर आयोजित एक्स्पोमा राखिने सवारीसाधनमा कम्पनीहरूबीच छुट अफर दिन प्रतिस्पर्धा छ । एक्स्पोमा घोषणा गरिने छुट चाडबाड अवधिभर जारी रहने कम्पनीहरूको भनाइ छ ।

Tharithari vehicle at Naima Expo
Tharithari vehicle at Naima Expo
Tharithari vehicle at Naima Expo
Tharithari vehicle at Naima Expo
Tharithari vehicle at Naima Expo
Tharithari vehicle at Naima Expo
Tharithari vehicle at Naima Expo
Tharithari vehicle at Naima Expo
Tharithari vehicle at Naima Expo

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

दीपेन

Link copied successfully