कर्णालीमा र्‍याफ्टिङ [तस्बिरहरू]

यहाँको चिसापानी कर्णाली पुलदेखि हात्तीसार, कर्णाली पुलदेखि कोठियाघाट र कर्णाली पुलदेखि सत्तीघाट टीकापुरसम्म र्‍याफ्टिङको बढी चलन छ ।

श्रावण २०, २०८२

मनोज पौडेल, दीपेन्द्र बडुवाल

Rafting in Karnali [Photos]

चिसापानी, बर्दिया — अचेल बर्दिया पुग्ने पर्यटक र्‍याफ्टिङमा रमाइरहेका छन् । बाघ हेर्नका लागि महत्त्वपूर्ण गन्तव्य बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा वर्षाका कारण जंगल सफारी बन्द भएपछि र्‍याफ्टिङमा आकर्षण बढेको हो । अहिले दैनिकजसो नै पर्यटक र्‍याफ्टिङ गर्न आइरहेका छन् । वर्षाका बेला जेठदेखि भदौसम्म जंगल सफारी बन्द हुने गर्छ ।

यहाँको चिसापानी कर्णाली पुलदेखि हात्तीसार (करिब २० किमि), कर्णाली पुलदेखि कोठियाघाट (करिब ३५ किमि) र कर्णाली पुलदेखि सत्तीघाट टीकापुर (करिब २५ किमि) सम्म र्‍याफ्टिङको बढी चलन छ । एउटा र्‍याफ्टमा ८ देखि १० जनाको समूह र्‍याफ्टिङ गर्छन् । ५ देखि ६ हजार रुपियाँको प्याकेज हुन्छ । जसमा पिक अप, ड्रप, लन्च र ब्रेक फ्रास्ट व्यवस्था गरिएको गैंडा क्याम्प रिसोर्ट बर्दियाका संचालक रामजी थापाले बताए ।

र्‍याफ्टिङ गर्दा नदीको कलकलाउँदो मिठासपूर्ण आवाजसँगै प्राकृतिक वातावरणमा रमाउन पाउँदा छुट्टै आनन्द आउँछ । शान्त वातावरणमा र्‍याफ्ट खियाउँदै अघि बढ्दा वन्यजन्तु देखिन्छन् कि भनेर उत्तिकै जिज्ञासा र कौतूहल थपिन्छ । ‘कहिलेकाहीँ र्‍याफ्टिङ गर्दा गैंडा, हात्ती र बाघसमेत देखिने गरेका छन् । वर्षाका कारण नदीमा राम्रो बहाव छ,’ चराविद् राम शाहीले भने, ‘त्यही भएर गजबको एड्भेन्चर हुन्छ ।’ र्‍याफ्टिङ गर्दा देखिने चरा, मनोरम प्र्राकृतिक वातावरण र सुन्दरताले उत्तिकै मोहित गर्ने उनले बताए ।

मनोज पौडेल

दीपेन्द्र बडुवाल

Link copied successfully