कपिलवस्तु — सदरमुकाम तौलिहवास्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको पूजाआजा गरि मंगलबार धार्मिक विधिपूर्वक नागपञ्चमी मनाइएको छ ।नागपञ्चमीका दिन मन्दिर परिसरमा गोमन सर्पलाई दूध, लावा, चना, अक्षता, अविर, चन्दन र फूल चढाएर पूजाआजा गरिएको थियो । नागपञ्चमीका दिन सर्पको पूजाआजा गरेमा वर्षेभरी सर्पको डसाईबाट जोगिने र घर परिवार सुरक्षित रहने धार्मिक जनविश्वास छ ।बिहानै ७ बजेदेखि दिउँसोसम्म पूजाआजा गर्नेको भीड थियो । तीन जना सपेराले ३ वटा गोमन सर्प लिएर आएका थिए । श्रद्धालुले गच्छे अनुसार सर्पलाई पूजाआजा गरी नगद पनि दान गरेका थिए । युवा युवतीले घाटीमा सर्प बेरेर तस्बिरसमेत खिाएका थिए ।
![Nag Panchami celebrated by worshiping a live snake [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nag-pujakapilavstuphoto7-2972025071918-1000x0.jpg&w=1001&h=0)