चितवन — घडियाल गोही दुर्लभ जीव हो । प्रदूषणरहित खोला र नदीको सफा पानीमा बस्ने, माछा खाने घडियाल बासस्थलमा बढ्दो प्रदूषण र आहाराको अभावले घट्दै गएका छन् ।
चितवनको नारायणी र राप्ती नदी क्षेत्रमा घडियालहरु देखिने गर्दछन् । जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सिमाना भएर बग्छ ढुङ्ग्रे खोला । यो खोला लगभग तीन किलो मिटर तल दक्षिण पुगेर राप्तीमा मिसिन्छ ।
दक्षिण फर्केको घडियालले बेला बेलामा आफ्नो लामो मुख खोल्दथ्यो । उत्तर फर्केको घडिया धेरै हलचल गर्दैन थियो । यसका साथै यी दुई घडियालमा एउटा फरक पनि देखियो । दक्षिण मुख गरेको घडियालको देब्रे खुट्टा गायब थियो । खुट्टा हुने ठाउँमा छाला पलाएको निकै पुरानो ठुटो मात्रै देखिएको थियो ।
नेपालमा मगर र घडियाल गरी दुई प्रजातिका गोही पाइन्छन् । घडियाल तुलनात्मक रुपमा शान्त रहने नदी र किनार छाडेर धेरै पर नजाने स्वभावको हुन्छ । यस विपरीत मगर गोही आक्रामक स्वभावको र खोला, पोखरी, हिले ताल तलैया जता पनि बस्ने, लामो यात्रा गर्ने खालको हुन्छ ।
![Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ghariyaldhungre-khola-7-2772025054247-1000x0.jpg&w=1001&h=0)
![Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ghariyaldhungre-khola-9-2772025054257-1000x0.jpg&w=1001&h=0)
![Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ghariyaldhungre-khola-6-2772025054242-1000x0.jpg&w=1001&h=0)
![Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ghariyaldhungre-khola-3-2772025054228-1000x0.jpg&w=1001&h=0)