काठमाडौँ — वार्षिक १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले ५ वर्षदेखि सुरु भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पूर्वाधार विस्तार ६० प्रतिशत सम्पन्न भएको छ ।
नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार विमानस्थलभित्र संचालित तीनवटा फरकफरक आयोजनाको भौतिक प्रगति ६० प्रतिशत हाराहारी सम्पन्न भएको छ । पूर्वाधार विस्तार गर्न गएको हिउँदयाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० देखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरेर पूर्वाधार विस्तारका काम गरिएका थिए ।
आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुवै क्षेत्रका झन्डै १ करोड यात्रुलाई वार्षिक सेवा दिने उद्देश्यले धावनमार्ग जोड्ने ट्याक्सी-वे, अन्तर्राष्ट्रिय एप्रोन, हृयांगर निर्माण लगायतका काम भइरहेको छ । नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र एप्रोनलाई उत्तरतर्फको रन-वेसँग जोड्ने ट्याक्सी-वे निर्माण भइरहेको छ । यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको थियो । यो काम ७५ प्रतिशत सकिएको छ । २०२६ फेब्रुअरीमा सकिने छ । यो काम चिनियाँ ठेकेदार कम्पनी एभिक इन्टरनेसनले गरिरहेको छ ।
विमानस्थलभित्रको दोस्रो ठेक्का हो जहाजघर (हृयांगर)का लागि पूर्वाधार निर्माण । विमानस्थलको पूर्वी भागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यति एयरलायन्स, श्री एयरलायन्सलगायतका वायुसेवा कम्पनीहरूका लागि करिब ४ अर्ब रुपैयाँमा हृयांगर क्षेत्र निर्माण भइरहेको छ । यो काम ४५ प्रतिशत सकिएको छ । २०२२ नोभेम्बरदेखि सुरु भएको यो काम २०२६ अक्टोबरमा सम्पन्न हुने छ । यसमा एसियाली विकास बैंकको ७८ प्रतिशत ऋण लगानी छ भने बाँकी २२ प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको रहेको छ । यो परियोजनामा चिनियाँ कम्पनी एभिक र केडीएन र सीसीईसीसीजेभी रहेका छन् ।
![The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tiaairportexpansionvisitphotos07242025bt5a0939-2472025015534-1000x0.jpg&w=1001&h=0)
![The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tiaairportexpansionvisitphotos07242025bt5a1041-2472025015600-1000x0.jpg&w=1001&h=0)
![The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tiaairportexpansionvisitphotos07242025bt5a0988-2472025015552-1000x0.jpg&w=1001&h=0)
![The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tiaairportexpansionvisitphotos07242025bt5a0946-2472025015543-1000x0.jpg&w=1001&h=0)