The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]

Shrawn 8, 2082

Suraj Kunwar, Dipen Shrestha

The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The infrastructure expansion within the Tribhuvan International Airport, which has been underway for 5 years with the aim of serving 10 million passengers annually, has been completed by 60 percent.

The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]

नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार विमानस्थलभित्र संचालित तीनवटा फरकफरक आयोजनाको भौतिक प्रगति ६० प्रतिशत हाराहारी सम्पन्न भएको छ । पूर्वाधार विस्तार गर्न गएको हिउँदयाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० देखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरेर पूर्वाधार विस्तारका काम गरिएका थिए ।

The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]
The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]

आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुवै क्षेत्रका झन्डै १ करोड यात्रुलाई वार्षिक सेवा दिने उद्देश्यले धावनमार्ग जोड्ने ट्याक्सी-वे, अन्तर्राष्ट्रिय एप्रोन, हृयांगर निर्माण लगायतका काम भइरहेको छ । नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र एप्रोनलाई उत्तरतर्फको रन-वेसँग जोड्ने ट्याक्सी-वे निर्माण भइरहेको छ । यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको थियो । यो काम ७५ प्रतिशत सकिएको छ । २०२६ फेब्रुअरीमा सकिने छ । यो काम चिनियाँ ठेकेदार कम्पनी एभिक इन्टरनेसनले गरिरहेको छ ।

The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]
The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]

विमानस्थलभित्रको दोस्रो ठेक्का हो जहाजघर (हृयांगर)का लागि पूर्वाधार निर्माण । विमानस्थलको पूर्वी भागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यति एयरलायन्स, श्री एयरलायन्सलगायतका वायुसेवा कम्पनीहरूका लागि करिब ४ अर्ब रुपैयाँमा हृयांगर क्षेत्र निर्माण भइरहेको छ । यो काम ४५ प्रतिशत सकिएको छ । २०२२ नोभेम्बरदेखि सुरु भएको यो काम २०२६ अक्टोबरमा सम्पन्न हुने छ । यसमा एसियाली विकास बैंकको ७८ प्रतिशत ऋण लगानी छ भने बाँकी २२ प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको रहेको छ । यो परियोजनामा चिनियाँ कम्पनी एभिक र केडीएन र सीसीईसीसीजेभी रहेका छन् ।

The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]
The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]

विमानस्थलभित्रको तेस्रो परियोजना धावनमार्गसँग समानान्तर ट्याक्सी–वे निर्माण सञ्चालनको काम ६० प्रतिशत सकिएको छ । सन् २०२२ डिसेम्बरदेखि सुरु भएको यो परियोजनाको समापन २०२६ अक्टोबरमा हुने भनिएको छ । ४ अर्ब रुपैयाँ हाराहारी लगानीको यो परियोजना चिनियाँ कम्पनी गान्सुले निर्माण गरिरहेको छ ।

The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]
The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]
The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]

विमानस्थलको एकमात्र धावनमार्गसँग जोडिएका नजिकैका निर्माणका काम गर्न गएको कात्तिक २३ देखि राति १० देखि बिहान ८ बजेसम्मको समय तोकेर निर्माण थालिएको थियो । यो अवधिमा हुने अन्तर्राष्ट्रिय उडानलाई कटौती गरिएको थियो । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुलेर राति १२ बजेसम्म संचालन हुन्छ ।

The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]
The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]
The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]
The progress of infrastructure expansion at the international airport is 60 percent [Photos]

Suraj

Dipen

Link copied successfully