Fields that should have been planted with rice are barren, even in the fields where rice was planted, the rice fields are torn. The wells are dry and there is no drop of water in the Kalkal river.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
As soon as Madhesh is mentioned, many people think of the green fields of Madhesh. But due to the drought that has appeared this season, not only Madhesh has become worried, but the life chain of Madhesh based on agriculture has increased.
धान रोपाइँ भइसक्नुपर्ने फाँट बाँझै छन् । रोपाइँ भएका खेतमा पनि धाँजा फाटेका छन् । इनार सुकेका छन् अनि कलकल बग्ने खोलामा कतै पानीको बुँद देखिन्न ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । यसअघि असार २६ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणासमेत गरेको थियो ।
यसपाला साउन ४ सम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर अर्थात् ४६.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ । जबकि गतवर्ष यही अवधिमा यसको दोब्बर रोपाइँ भइसकेको थियो । बढ्दो खडेरीका कारण मधेशमा खानेपानीको चरम अभाव देखिएको छ । खानेपानीको अभाव कम गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, वीरगन्ज महानगरपालिकाको कार्यालय, खानेपानी संस्थान तथा नेपाली सेनाको समन्वयमा ट्यांकर मार्फत महानगरका विभिन्न क्षेत्रमा पानी वितरण भइरहेको छ । प्रदेश सरकारले उपलब्ध गराएका ८ ओटा वारुणयन्त्र र वीरगन्ज महानगरपालिकाको कार्यालयको ट्यांकरबाट पानी वितरण भइरहेको छ । कहीँ कतै भने गैरसरकारी संस्थाहरुले जारको पानी वितरण गरिरहेका छन् । मधेशको देहातमा पनि पानीको जार बोकेर हिँडिरहेको दृश्य देखिन थालेको छ ।
पानीको प्रमुख स्रोत मानिएको चापाकल पनि सुक्न थालेको छ । कतिसम्म भने ६० फिटमा गाडिएको चापाकलबाट सहजै पानी आउने कुरा पनि विगत हुन थालिसक्यो । जनकपुर–२ का ६८ वर्षीय अमरेन्द्र महतोले सुनाए, '४० देखि ६० फिटसम्म गाडिएका चापाकल बिस्तारै ८० फिट हुँदै १ सय २० फिटसम्म गाड्नुपर्ने अवस्था आयो ।'
![Drought in Madhesh: Rivers and wells dry up, rice paddies in fields [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/madesh-2472025124258-1000x0.jpg&w=1001&h=0)




