मधेशमा खडेरी : खोला र इनार सुके, खेतमा धाँजा फाटे [तस्बिरहरू]

धान रोपाइँ भइसक्नुपर्ने फाँट बाँझै छन्, रोपाइँ भएका खेतमा पनि धाँजा फाटेका छन् । इनार सुकेका छन् अनि कलकल बग्ने खोलामा कतै पानीको बुँद देखिन्न ।

श्रावण ८, २०८२

इकान्तिपुर टिम

Drought in Madhesh: Rivers and wells dry up, rice paddies in fields [Photos]

काठमाडौँ — मधेश भन्नेबित्तिकै धेरैको सम्झनामा हरियाली मधेशका फाँटको सम्झना आउँछ । तर यसपाला देखापरेको खडेरीले सिंगो मधेश व्याकुल मात्रै बनेको छैन, कृषिमा आधारित मधेशको जीवन शृंखला नै प्रभावित बन्ने खतरा बढेको छ ।

धनुषाको हंसपुर नगरपालिका–९ मा पानी अभावमा धाँजा फाटेको खेत । तस्बिर : कमलेश ठाकुर/कान्तिपुर
धनुषाको हंसपुर नगरपालिका–९ मा पानी अभावमा धाँजा फाटेको खेत । तस्बिर : कमलेश ठाकुर/कान्तिपुर

धान रोपाइँ भइसक्नुपर्ने फाँट बाँझै छन् । रोपाइँ भएका खेतमा पनि धाँजा फाटेका छन् । इनार सुकेका छन् अनि कलकल बग्ने खोलामा कतै पानीको बुँद देखिन्न ।

रौतहटको चन्द्रपुर-१ स्थित पौराही खोला पनि सुकेको छ । यो खोलामा १० वर्षअघिसम्म बाह्रै महिना पानी बग्थ्यो । तस्बिर : शिव पुरी/कान्तिपुर
रौतहटको चन्द्रपुर-१ स्थित पौराही खोला पनि सुकेको छ । यो खोलामा १० वर्षअघिसम्म बाह्रै महिना पानी बग्थ्यो । तस्बिर : शिव पुरी/कान्तिपुर

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । यसअघि असार २६ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणासमेत गरेको थियो ।

धनुषा हंसपुर नगरपालिका–९ मोरहामा सुकेको नहर । तस्बिर : कमलेश ठाकुर/कान्तिपुर
धनुषा हंसपुर नगरपालिका–९ मोरहामा सुकेको नहर । तस्बिर : कमलेश ठाकुर/कान्तिपुर

यसपाला साउन ४ सम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर अर्थात् ४६.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ । जबकि गतवर्ष यही अवधिमा यसको दोब्बर रोपाइँ भइसकेको थियो । बढ्दो खडेरीका कारण मधेशमा खानेपानीको चरम अभाव देखिएको छ । खानेपानीको अभाव कम गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, वीरगन्ज महानगरपालिकाको कार्यालय, खानेपानी संस्थान तथा नेपाली सेनाको समन्वयमा ट्यांकर मार्फत महानगरका विभिन्न क्षेत्रमा पानी वितरण भइरहेको छ । प्रदेश सरकारले उपलब्ध गराएका ८ ओटा वारुणयन्त्र र वीरगन्ज महानगरपालिकाको कार्यालयको ट्यांकरबाट पानी वितरण भइरहेको छ । कहीँ कतै भने गैरसरकारी संस्थाहरुले जारको पानी वितरण गरिरहेका छन् । मधेशको देहातमा पनि पानीको जार बोकेर हिँडिरहेको दृश्य देखिन थालेको छ ।

वीरगन्जको रमगढवामा वारुणयन्त्रबाट स्थानीयलाई पानी वितरण गरिँदै । तस्बिर : शंकर आचार्य/कान्तिपुर
वीरगन्जको रमगढवामा वारुणयन्त्रबाट स्थानीयलाई पानी वितरण गरिँदै । तस्बिर : शंकर आचार्य/कान्तिपुर

पानीको प्रमुख स्रोत मानिएको चापाकल पनि सुक्न थालेको छ । कतिसम्म भने ६० फिटमा गाडिएको चापाकलबाट सहजै पानी आउने कुरा पनि विगत हुन थालिसक्यो । जनकपुर–२ का ६८ वर्षीय अमरेन्द्र महतोले सुनाए, '४० देखि ६० फिटसम्म गाडिएका चापाकल बिस्तारै ८० फिट हुँदै १ सय २० फिटसम्म गाड्नुपर्ने अवस्था आयो ।'

रौतहटको मौलापुर नगरपालिका-६ मा सुकेको चापाकल । तस्बिर : शिव पुरी/कान्तिपुर
रौतहटको मौलापुर नगरपालिका-६ मा सुकेको चापाकल । तस्बिर : शिव पुरी/कान्तिपुर
धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा सुकेको इनार । तस्बिर : कमलेश ठाकुर/कान्तिपुर
धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा सुकेको इनार । तस्बिर : कमलेश ठाकुर/कान्तिपुर
धनुषाको मिथिला विहारी–२ पुरनदाहास्थित सुक्दै गरेको पोखरीबाट माछा निकाल्दै स्थानीय । तस्बिर : कमलेश ठाकुर/कान्तिपुर
धनुषाको मिथिला विहारी–२ पुरनदाहास्थित सुक्दै गरेको पोखरीबाट माछा निकाल्दै स्थानीय । तस्बिर : कमलेश ठाकुर/कान्तिपुर
रौतहटको मौलापुर नगरपालिका-६ मा चापाकल सुकेपछि बोरिङबाट वितरण गरिएको पानी भर्दै स्थानीय । तस्बिर : शिव पुरी/कान्तिपुर
रौतहटको मौलापुर नगरपालिका-६ मा चापाकल सुकेपछि बोरिङबाट वितरण गरिएको पानी भर्दै स्थानीय । तस्बिर : शिव पुरी/कान्तिपुर
पानी नपरेपछि वीरगन्जको हरपतगन्जस्थित खेतमा फाटेको धाँजा । तस्बिर : शंकर आचार्य/कान्तिपुर
पानी नपरेपछि वीरगन्जको हरपतगन्जस्थित खेतमा फाटेको धाँजा । तस्बिर : शंकर आचार्य/कान्तिपुर
वीरगन्ज राधेमाईमा आआफ्नो घरमा पानी लग्न पाइप जडान गर्दै स्थानीय । तस्बिर : शंकर आचार्य/कान्तिपुर
वीरगन्ज राधेमाईमा आआफ्नो घरमा पानी लग्न पाइप जडान गर्दै स्थानीय । तस्बिर : शंकर आचार्य/कान्तिपुर
रौतहटको मौलापुरस्थित सु्क्खा खेत । पानी नपर्दा यहाँका खेत बाँझै छन् । तस्बिर : शिव पुरी/कान्तिपुर
रौतहटको मौलापुरस्थित सु्क्खा खेत । पानी नपर्दा यहाँका खेत बाँझै छन् । तस्बिर : शिव पुरी/कान्तिपुर
वीरगन्जमा दमकलबाट वितरण गरिएको पानी भर्न जम्मा भएका स्थानीय । शंकर आचार्य/कान्तिपुर
वीरगन्जमा दमकलबाट वितरण गरिएको पानी भर्न जम्मा भएका स्थानीय । शंकर आचार्य/कान्तिपुर
सर्लाहीको दक्षिणी क्षेत्रमा खडेरीले सुकेको धान। तस्बिर : ओमप्रकाश ठाकुर/कान्तिपुर
सर्लाहीको दक्षिणी क्षेत्रमा खडेरीले सुकेको धान। तस्बिर : ओमप्रकाश ठाकुर/कान्तिपुर
सर्लाहीको दक्षिणी क्षेत्रमा सुक्खा खेतमा खन्दै किसान। तस्बिर : ओमप्रकाश ठाकुर/कान्तिपुर
सर्लाहीको दक्षिणी क्षेत्रमा सुक्खा खेतमा खन्दै किसान। तस्बिर : ओमप्रकाश ठाकुर/कान्तिपुर

इकान्तिपुर

Link copied successfully