काठमाडौँ — मेची राजमार्गको पाँचथर खण्डमा यात्रा गर्नु निक्कै कष्टकर छ । यो खण्डअन्तर्गत फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा छिनछिनमा आइरहने बाढीका कारण यात्रा कष्टकर बन्छ ।
पछिल्लो तीन दिनयता हेवा खोला खण्डको सडक ठप्प प्रायः छ । जसकारण हेवा खोला पार गरेर आउजाउ गर्नु 'फलामको चिउरा' चपाउनु सरह छ ।
शनिबार मध्यरातमा आएको बाढीले हेवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुर्याएपछि यो खण्डमा यातायात र ढुवानीका साधन चल्न सकेका छैनन् । जसले झापाबाट पाँचथर हुँदै ताप्लेजुङ तथा ताप्लेजुङसहित पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङबाट सदरमुकाम फिदिम हुँदै विभिन्न स्थानका लागि हिँडेका यात्रुले सास्ती खेप्नु परेको छ ।
जंगलभित्रको भिरालो यो गोरेटोबाट वारिबाट पारि र पारिबाट वारि आउन त्यति सजिलो छैन । अझ भारी बोकेर अनि बच्चा बोकेर हिँड्नेका लागि जोखिम पनि उत्तिकै मोल्नु पर्छ । यो बाटो हिँड्ने ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र बिरामीलाई अत्यधिक मर्का पर्छ ।
हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० साल असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि २९ दिन लगाएर हालेको बेलिब्रिज पुनः २०८१ असोज १२ गते बाढीसँगै बग्यो । पुनः बनाइँदै गरेको मोडुलर ब्रिज गत जेठ ३१ गते भाँचिएपछि यो खोलामा डाइभर्सनमार्फत सवारी र ढुवानीका साधन वारपार गरिँदैछ ।
![Sadness of Jealousy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hewako-dukha-30-tasbir-13-2272025100424-1000x0.jpg&w=1001&h=0)
![Sadness of Jealousy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hewako-dukha-30-tasbir-8-2272025100436-1000x0.jpg&w=1001&h=0)
![Sadness of Jealousy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hewako-dukha-30-tasbir-9-2272025100413-1000x0.jpg&w=1001&h=0)
![Sadness of Jealousy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hewako-dukha-30-tasbir-25-2272025100350-1000x0.jpg&w=1001&h=0)
![Sadness of Jealousy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hewako-dukha-30-tasbir-14-2272025100316-1000x0.jpg&w=1001&h=0)