What you should know
रुकुम पूर्व — गाउँको छेउमा रहेका धुपी सल्लाको फेदीमा अवस्थित सानो चौरमा आज साउनको पहिलो शनिबारका दिन एउटा विचित्रको मेला आयोजना गरिएको छ । विचित्रको मेला हो– झाँक्री मेला ।
अन्धविश्वास नै सही तर ग्रामीण भेगमा अनेकानेक तन्त्रमन्त्रको प्रयोग गरी बिरामीलाई निको पार्ने भन्दै यस प्रकार झाँक्रीहरुले ढ्याङ्ग्रो ठटाएर झारफुकका अनेक उपाय लगाएको त तपाई–हामी धेरैले देखे–भोगेकै कुरा हो । तर तिनै झाँक्रीहरुको मेला नै लागेको यो खबर भने धेरैका लागी पक्कै पनि नयाँ हुनसक्छ ।
हरेक वर्ष साउन महिनाको पहिलो साता कुनै विशेष दिन पारेर यसरी झाँक्री मेलाको आयोजना झाँक्री प्रमेबहादुर पुनले बताए । ‘गाउँका प्रायः घरमा एक जना झाँक्रीको भूमिकामा हुन्छन् र तिनै व्यक्ति नै यो मेलाका मुख्य आकर्षणका पात्र हुन् ।’ उनले भने ‘भूतप्रेत हुन्छ हाम्रो भन्ने विश्वास गरेर त्यसको मान राख्दै त्यसलाई गाउँदेखि टाढा भगाउन यस प्रकार गाउँभरिका झाँक्रीहरु भेला भएर मेला लगाउने परापूर्वकालदेखिको यहाँको रीति हो ।’
खाम भाषी मगर समुदायको बाहुल्यता रहेको लुगुम गाउँको रीतिलाई एक सांस्कृतिक सम्पदाका रूपमा विकास गर्न स्थानीय सरकारले पनि सकेको कोसिस गरिरहेको भुमे–१ का वडा अध्यक्ष मनकाजी पुनले बताए ।
![Jhankri Mela in Lugum Village [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/jhakri-mela-in-lugum-0820403-rkm-east4-1972025062524-1000x0.jpg&w=1001&h=0)
![Jhankri Mela in Lugum Village [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/jhakri-mela-in-lugum-08204-1972025062823-1000x0.jpg&w=1001&h=0)
![Jhankri Mela in Lugum Village [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/jhakri-mela-in-lugum-08204-1972025062807-1000x0.jpg&w=1001&h=0)
![Jhankri Mela in Lugum Village [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/jhakri-mela-in-lugum-0820403-rkm-east17-1972025062609-1000x0.jpg&w=1001&h=0)