काठमाडौँ — भाषा संस्कृति जोगाउन भन्दै काठमाडौंको टुँडिखेलमा बिहीबार देउडा पर्व मनाइएको छ । बझाङ्गी समाज काठमाडौंले सुदूरपश्चिम र कर्णालीको भाषा संस्कृतिको पहिचान जोगाउन भन्दै देउडा नाचिएको हो । हरेक वर्ष साउन १ गते कर्णालीमा देउडा पर्व मनाइन्छ । कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदासमेत दिइएको छ ।
