कहिले बनिसक्ला दाउन्नेको सडक ?

असार ३०, २०८२

तस्बिर : हेमन्त श्रेष्ठ

When will the road be built?

काठमाडौँ — निर्माण सुरु भएको लामो समय बित्दा पनि दाउन्ने–बुटवल सडक खण्ड फराकिलो बनाउने कार्य पूरा नहुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरू बर्खामा हिलो र हिउँदमा धुलो–धुवाँले प्रभावित छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरूमा चहलपहल ह्वात्तै घटेको छ। सडककै कारण पहिलेको तुलनामा आधाभन्दा बढी व्यापार सुकेको व्यापारीहरू बताउँछन्।

When will the road be built?

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आएका पदमबहादुर पोखरेलले विगत पाँच–सात वर्षदेखि धुलो–धुवाँ प्रदूषण झेल्नुपरेको बताए।

When will the road be built?

'बाटोले गर्दा व्यापार चौपट छ,' होटल व्यवसायी पोखरेलले भने, ‘बाटो समयमै नसकिँदा अहिले यो बाटोमा गाडीहरू चल्नै छाडेका छन्। सुनसान छ। पहिला होटलमा गनिसाध्दै नहुने गरी मान्छे आउँथे। मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ। अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पूरा हुन्छ कि जस्तो लाग्छ।’

When will the road be built?

व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटोभन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताए।

When will the road be built?

निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले निर्माणको काम भइरहे पनि तीव्र हुन नसक्नुमा व्यवसायीको आ–आफ्नै समस्या रहेको बताए। उनले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषी रहेको बताए।

When will the road be built?

महासचिव दाहालले भने, ‘निर्माण व्यवसायीहरूको आ–आफ्नै समस्या छ। राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिँदा व्यवसायी अझ समस्यामा फसेका हुन्। ठाउँ–ठाउँमा सिंहदरबार राज्यले भनिरहेको अवस्थामा, तर उनीहरूले गर्नुपर्ने सेवा र संरचना निर्माण गर्दा होस नपुर्‍याएका कारण सम्पूर्ण निर्माण कार्य ढिला भएको हो र नागरिकलाई गाह्रो परेको हो।’

When will the road be built?

उनले निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्ने र निर्माणको काम द्रुत बनाउनु पर्ने बताए ।

When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?
When will the road be built?

तस्बिर : हेमन्त श्रेष्ठ श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully