मनाइँदै भानुजयन्ती, दुई कविको रथारोहण [तस्बिरहरू]

असार २९, २०८२

दीपक केसी

Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]

काठमाडौँ — आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती । भानुको सम्झनामा देश तथा विदेशमा विभिन्न कार्यक्रम भइरहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आज काठमाडौंमा प्रभात फेरी गर्नुका साथै दुई साहित्यकारको रथारोहण गराएको छ । कविद्वय तुलसी दिवस र गोविन्दराज विनोदीको रथारोहण भएको हो ।

Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहित भानुभक्तले ‘रामायण’ तयार पारेका थिए । १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी उपदेश दिएपछि उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत उनका कृति हुन् । भानुभक्तको निधन १९२५ असोजमा भएको थियो ।

Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]
Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]
Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]
Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]
Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]
Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]
Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]
Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]
Celebrating Bhanu Jayanthi, Chariot Ride of Two Poets [Photos]

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully