(टिमुरे), रसुवा — भोटेकोशीमा मंगलबार आएको बाढीका कारण रसुवाको स्याफ्रुवेँसी-रसुवागढी सडक खण्ड क्षत्विक्षत् बनेको छ। बाढीले लिङ्लिङ भीरमा पुरै सडक बगाएका कारण पैदलयात्रु हिँड्ने बाटोसमेत छैन। यहाँ यात्रुहरू जोखिम मोलेर यात्रा गरिरहेका छन्।
सडक बगाएका कारण हिँड्ने बाटोसमेत नरहेपछि नेपाली सेना र नेपाल प्रहरीले डोरी टाँगेर वारपार गर्ने बाटो बनाएका छन्। तर यो कम जोखिमपूर्ण छैन। अहिले प्रहरीको सहायतामा यहाँ मानिसहरू डोरी समाएर जोखिम मोलेरै वारपार गरिरहेका छन्। यो सडक खण्डको दुई ठाउँमा यसैगरी बाढीले पुरै सडक बगाएको छ। अन्यत्र भने ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ। सडक आसपासका विद्युतका पोल ढलेका छन् भने कतै भाँचिएका छन्।
![Bhotekoshi Floods: Risky Journey to Lingling Bhir [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhotekoshi-badiroad-4-1072025071339-1000x0.jpg&w=1001&h=0)
![Bhotekoshi Floods: Risky Journey to Lingling Bhir [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhotekoshi-badiroad-3-1072025071334-1000x0.jpg&w=1001&h=0)