काठमाडौँ — राष्ट्रिय धान दिवसका अवसरमा कृषिमन्त्री सहितको सहभागितामा खुमलटारमा धान रोपाइँ गरिएको छ । रोपाइँ महोत्सवमा सहभागी कृषिमन्त्री रामनाथ अधिकारीले पनि धान रोपेका थिए । महोत्सवमा बाजागाजासहित स्थानीय सहभागी भएका थिए ।
'धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता' नारासहित २२औं कृषि विभागले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो । महोत्सव नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा भएको हो ।
![June 15 Planting Festival [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/51116952214906757523100451577660466843412167n-2962025072537-1000x0.jpg&w=1001&h=0)
![June 15 Planting Festival [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/51325346512575991724451461218785248601176511n-2962025072531-1000x0.jpg&w=1001&h=0)