काठमाडौँ — मंगलबार पनि सार्वजनिक सवारी साधन नचल्दा काठमाडौं उपत्यकासहित देशभरका सडकहरु खाली खाली देखिएका छन् । सडकमा निजी र छिटफुट रुपमा केही यातायातका गाडी मात्र चलेका छन् । सार्वजनिक गाडी चल्दा सडकहरुमा यात्रीहरुको भीड बढेको छ । उनीहरु दोब्बर मूल्यसमेत तिरेर यात्रा गर्न बाध्य बनेका छन् । सोमबारदेखि सार्वजनिक र भाडाका गाडी नचल्दा दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरिका अनुसार मंगलबार केही गाडीहरु छिटफुट रुपमा चलेका छन् । उनले भने, 'हिजोको तुलनामा आज केही गाडीहरु चलेका छन् । मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु चलेका छन्।'त्यस्तै साझा यातायातका बसहरु पनि आज सडकमा गुडेको देख्न सकिन्छ । मंगलबार काठमाडौं उपत्यकामा साझा यातायात र प्रहरीले पनि काठमाडौंमा नि:शुल्क बस सञ्चालनमा ल्याएको थियो ।
![Common people suffering due to non-operation of public transport [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gadi-kurdai-0362025074904-1000x0.jpg&w=1001&h=0)
![Common people suffering due to non-operation of public transport [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dsc1306-0362025072825-1000x0.jpg&w=1001&h=0)