We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
In the middle of May, greenery is spreading around. In the field, the corn planted in spring has grown slowly. And the apple has borne fruit. With the perfect weather neither winter nor summer, Puthauttarganga rural municipality-1 Makot village of Rukum East has become a pleasant place. Although the snow and winter rains are not enough, the land has been irrigated by the rain that has been falling frequently since Chaita. Farmers are happy.
गाउँमा भने यतिबेला खासै चहलपहल छैन । कारण हो गाउँका प्रायः मान्छेहरू यार्चागुम्बु टिप्न बुकी उक्लिएका छन् । चैत निगल्ततिर मकै रोपेर गएका उनीहरू असार मध्यतिर मात्रै फर्किनेछन् । यसकारण गाउँमा स्कुले बालबालिका र वृद्धवृद्धा धेरै भेटिन्छन् । मकै गोड्ने हुन लागेका छन् । गाउँमा रहेकाहरू केही दिनमा मकै गोड्ने मेलो सार्ने योजनामा छन् ।
यसअघि जाँदा घोडा–खच्चडको हट...हट... र टाङटुङ...आवाज सुनिन्थ्यो । अब भने त्यो अलि कम भएको छ । किनभने मैकोटसम्म मोटर बाटो पुगेको छ । धेरै पहिले केही दिनको र केही वर्षयता हुकाम अनि गरसम्म मोटर चढेर त्यहाँबाट झन्डै आधा दिन पैदल हिँडेपछि मैकोट पुगेका जोकोहीलाई पनि गाडीमा सरर... यहाँसम्म पुग्न पाउँदा खुसी नलाग्ने कुरै भएन ।
सहिदमार्ग भएर दाङ–रोल्पातिरबाट र मध्यपहाडी लोकमार्ग भएर काठमाडौं–पोखरातिरबाट आउने जोकोहीले पनि मध्यपहाडी लोकमार्गलाई भुमेको काँक्रीमा छोडेर करिब ५५ किलोमिटर लामो यात्रा गरे पश्चात मैकोट पुगिन्छ । तकसेरा अनि अरू सुन्दर गाउँबस्ती र पाखा पखेरा छिचोलेर भीमकाय पहाडको फेँदीमा निर्माणाधीन कच्ची सडकमा यात्रा गर्न त्यति असहज छैन । तर हुकामदेखि तल बत्वा खोलामा पुल नहुँदा झरी अलि धेरै परेपछि भने खोलामा पानी बढ्छ अनि मोटर तार्न मुस्किल पर्छ । साथै यो खोलाबाट मैकोटसम्म उक्लिने बाटो पनि उति सजिलो छैन । केही महिनाअघि मात्रै खोलिएको ट्र्याक अनि अलि ठाडो भएकाले फोर ह्विल गाडी भएमात्रै मैकोटसम्म पुग्न सकिन्छ ।
मैकोटसम्म मोटर पुगेकामा आफूहरू खुसी भएपनि बत्वा खोलादेखि माथिको बाटो हेर्दा जोकोहीलाई पनि डर लाग्ने स्थानीय रामप्रसाद पुन बताउँछन् । ‘बाटो त आयो तर अलि धेरै उकालो भएन र ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘इन्जिनेरले नापेको बाटो यस्तो अफठ्यारो त हुन नहुनी हो । अब यो बाटो पनि मिलाउन पर्यो । अनि बत्वामा पुल पनि चाहियो ।’
आफूहरूले पुल माग गरेको तर नपरेको भन्दै वडा अध्यक्ष वीरमान विकले यसपल्टको बजेट भाषणमा बेलिब्रिज परेको अपुष्ट खबर सुनेको बताए । ‘यसपल्टको बजेटमा पुलको योजना परेको छ रे तर कन्फर्म छैन । परेको भए राम्रो भयो, नपरेको भए त हाम्रा दुःख त उस्तै रहने भए ।’ उनी भन्छन् ।
मैकोट गाउँ घुम्दा देखिएको एउटा गजबको विकास हो खानेपानीको । ‘कादुरी’ नामको गैरसरकारी संस्थाको सहयोगमा घर–घरमा मिटरसहितका धाराहरू निर्माण गरिएका छन् । अब त्यहाँ पानी सञ्चालन गर्न केही समय लाग्ने बताइएको छ । स्थानीय स्तरमै उत्पादन गरिएको बिजुलीले उज्यालो त भएको छ तर गाउँभरि प्रयोग गर्दा पावर नपुग्ने समस्या छ ।
![Developmental blush on macaw's face [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maikot-gaun-0810218-rkm-east5-0362025064815-1000x0.jpg&w=1001&h=0)
![Developmental blush on macaw's face [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maikot-gaun-0810218-rkm-east2-0362025064826-1000x0.png&w=1001&h=0)
![Developmental blush on macaw's face [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maikot-gaun-0810218-rkm-east3-0362025064821-1000x0.jpg&w=1001&h=0)
![Developmental blush on macaw's face [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maikot-gaun-0810218-rkm-east6-0362025064810-1000x0.jpg&w=1001&h=0)
![Developmental blush on macaw's face [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maikot-gaun-0810218-rkm-east7-0362025064804-1000x0.jpg&w=1001&h=0)
![Developmental blush on macaw's face [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maikot-gaun-0810218-rkm-east8-0362025064759-1000x0.jpg&w=1001&h=0)
![Developmental blush on macaw's face [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maikot-gaun-0810218-rkm-east9-0362025064753-1000x0.jpg&w=1001&h=0)