काठमाडौँ — १३ औं संस्करणको कान्तिपुर हाफ म्याराथन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन् । दुवै पहिलो पटक च्याम्पियन भएका हुन् । हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पुरस्कार पाएका छन् ।
त्यसैगरी कान्तिपुर हाफ म्याराथन अन्तर्गत ३ किलोमिटर ह्विलचेयर रेसमा प्रेम विक र ऐश्वर्य कुमाल विजेता भएका छन् । ३ किमि दुरीमा भएको उक्त रेसमा प्रेमले पहिलो पटक उपाधि जित्दा ऐश्वर्य लगातार तेस्रो पटक च्याम्पियन भइन् ।पुरुष ह्विलचेयरतर्फ रामकाजी मिजार दोस्रो र साबिक विजेता रमेश खत्री तेस्रो भए । महिलातर्फ ऐश्वर्यले यामीकुमारी झाँक्रीमगर र रजनी राईलाई पछाडि पारिन् । यामी दोस्रो र रजनी तेस्रो भए । गत वर्ष पनि यामी र रजनीले सोही स्थान हासिल गरेका थिए । यामी पाँच पटककी विजेता हुन् ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा लेट्स रन फर ग्रिनर टुमारो हो । आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरु भएको थियो ।शनिबार आयोजित प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
![This is how the 13th Kantipur Half Marathon went [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/oli-3152025052522-1000x0.jpg&w=1001&h=0)
![This is how the 13th Kantipur Half Marathon went [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/marathan-feature-pics-32-3152025053337-1000x0.jpg&w=1001&h=0)
![This is how the 13th Kantipur Half Marathon went [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/marathan-feature-pics-31-3152025053310-1000x0.jpg&w=1001&h=0)