Mayadevi Maternity Festival

Baishak 30, 2082

Manoj Poudel

Mayadevi Maternity Festival

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Mayadevi's birth festival was celebrated in Tilaurakot, the ancient capital of the Shakya dynasty, Kapilvastu. After the birth of Prince Siddhartha in Lumbini on the day of Baisakh Purnima, the festival was celebrated here on Tuesday, showing the appearance of Rajprasad Tilaurakot coming from there.

Mayadevi Maternity Festival

तिलौराकोटबाट एक टोली लुम्बिनी पुगेर नवजात शिशुको प्रतिमालाई तिलौराकोट दरबार भित्र्याएको छ । प्रतिमा लिन प्रजिअ दिलकुमार तामाङको नेतृत्वमा एक सय जनाको टोली जन्मस्थल लुम्बिनी पुगेको थियो । बेबी बुद्धको मूर्तिलाई मायादेवी मन्दिर परिक्रमा गराई लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले हस्तान्तरण गरेका थिए ।

Mayadevi Maternity Festival

नगरपालिकाको पूर्वी प्रवेशद्वार जमुवार पुल प्रवेश गर्नासाथ स्थानीयले लुम्बिनीबाट ल्याइएको बेबी बुद्धको मूर्तिलाई पूजाआजा गरेका थिए । बेबी बुद्धको मूर्तिलाई गाडीमा राखेर जमुवार पुलदेखि मुख्य बजार क्षेत्र हुँदै गौढी चोकसम्म करिब दुई किमि हिँडेर शोभायात्रा गरिएको थियो । अगाडी पञ्चेबाजा र पछाडि बौद्ध धुनसहितको शोभायात्रामा प्रमुख जिल्ला अधिकारी तामाङसहित कर्मचारी, प्रहरी, सशस्त्र, सेना भिक्षु भिक्षुणी र स्थानीयको सहभागिता थियो ।

Mayadevi Maternity Festival

महारानीसहित शिशु दरबार आउँदा बाटोमा फूलमाला र अबिर जात्रा गरेर खुसीयाली मनाएजस्तै यो यात्रालाई सर्वसाधारण, श्रद्धालु र उपासक उपासिकाले भव्य स्वागत गरेका थिए । लुम्बिनीबाट तौलिहवा आउँदा बाटोमा पर्ने लवनी, पकडी, बर्रोहिया र दोहनीमा बेबीलाई स्थानीयले स्वागत गरेका थिए । बाटोको दायाँ बायाँ जम्मा भएका श्रद्धालुले पुष्पगुच्छा र अबिरले बेबी बुद्धको स्वागत गरेका थिए । ‘दरबारमा नयाँ सदस्य थपिएपछिको खुसीयालीमा नगरभरि शोभायात्राका साथ उमंग थपिएको छ,’ लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले भने, ‘स्थानीयमा पनि उत्तिकै खुसी र रौनक थपिएकोछ ।’

Mayadevi Maternity Festival

तिलौराकोटमा आयोजित धम्म कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सभा सदस्यद्वय गिरिधारीलाल न्यौपाने र सुधाकार पाण्डे तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहारक्याल लामालगायतले मन्तव्य दिएका थिए । कार्यक्रमका सहभागीलाई सुजाता खिर ख्वाइएको थियो ।

Mayadevi Maternity Festival
Mayadevi Maternity Festival
Mayadevi Maternity Festival
Mayadevi Maternity Festival
Mayadevi Maternity Festival
Mayadevi Maternity Festival
Mayadevi Maternity Festival
Mayadevi Maternity Festival

Manoj

Link copied successfully