काठमाडौँ — देशको संघीय राजधानी प्रवेश गर्ने मुख्य सडक नागढुंगा–मुग्लिन वर्षामा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गर्छ । नागढुंगा–मुग्लिन सडकलाई तीन प्याकेजमा निर्माणको काम सुरु गरिएको भए पनि समयमै सम्पन्न नहुँदा यात्रुहरू हैरान छन् ।
नागढुंगा–नौबिसे खण्डको १२.२६ किलोमिटर पहिलो प्याकेजअन्तर्गत पर्छ । १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा यस प्याकेजको निर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । २०८१ जेठ २७ भित्र काम सक्नुपर्ने भए पनि काम नसकिएपछि २०८१ माघसम्मका लागि पहिलो टक र २०८२ साउन १० सम्मका लागि दोस्रोपटक म्याद थपिएको छ, प्रगति भने ७५ प्रतिशत पुगेको छ ।
![This is how the Nagadhunga-Muglin road is being upgraded [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img1874-1252025095601-1000x0.jpg&w=1001&h=0)
![This is how the Nagadhunga-Muglin road is being upgraded [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img1877-1252025095621-1000x0.jpg&w=1001&h=0)