लुम्बिनी — चिटिक्क सिँगारिएको लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरी भव्यरुपमा बुद्धजयन्ती मनाइँदैछ । २५६९ औं बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु र उपासकसमेत आएका छन् । बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लगि प्रार्थना गरिएको थियो ।
मन्दिरबाट अन्तर्राष्ट्रिय ध्यान केन्द्रसम्म करिब २ किमी शोभायात्रा निकालिएको थियो । बुद्धजयन्तीका दिन वैशाख पूर्णिमामा लुम्बिनीमा निक्कै भीडभाड बढेको छ । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ बनेको छ । बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ ।
![Jhikijkau in Lumbini on Buddha Jayanti [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/buddha-jayanti-photo-storymanoj-photo3-1252025061113-1000x0.jpg&w=1001&h=0)
![Jhikijkau in Lumbini on Buddha Jayanti [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/buddha-jayanti-photo-storymanoj-photo12-1252025061739-1000x0.jpg&w=1001&h=0)