बुद्ध जयन्तीका लागि सिँगारिंदै प्राचीन नगर कपिलवस्तु

वैशाख २८, २०८२

मनोज पौडेल

The ancient city of Kapilvastu is being decorated for Buddha Jayanti

कपिलवस्तु — २५६९ औं बुद्ध जयन्तीका अवसरमा प्राचीन नगर कपिलवस्तु दुलहीजस्तो सिँगारिएको छ । नेपाली झण्डा, बौद्ध झण्डाका साथै बौद्ध धार्मिक मान्यता बोकेका रंगीविरंगी लुङ्दा बजार क्षेत्रमा टाँगेर बजारलाई चिरिच्याट्ट पारिएको छ । वैशाख ३० गते लुम्बिनीबाट शिशु बुद्धको प्रतिमालाई सजाएर राजप्रासाद तिलौराकोट भित्र्याउन नगर सिंगारिएको हो ।

The ancient city of Kapilvastu is being decorated for Buddha Jayanti

कपिलवस्तुमा बुद्ध जयन्ती मनाउन गठित मूल समारोह समितिले लुम्बिनीबाट शाक्य वंशीय राजदरबार तिलौराकोट पुग्ने प्रवेश द्वार प्राचीन नगर कपिलवस्तुलाई सिंगारेर आकर्षक बनाएको छ । सिंगारिएको बाटो हुँदै शोभायात्राका साथ शिशु बुद्धको प्रतिमा लगिनेछ । मुख्य सडकको विद्युत् प्राधिकरण कार्यालयदेखि गौढी चौकसम्म करिब दुई किमि बाटोमा रहेको बिजुलीको पोल वारिपारि लुङ्दा झुण्ड्याइएको छ । पूरै बजार क्षेत्र बौद्धमय वातावरण बनेर शान्तिप्रति समर्पित बनेको छ ।

The ancient city of Kapilvastu is being decorated for Buddha Jayanti

रातिको समयमा बल्ने रंगीचंगी बत्तीले सहरमा छुट्टै रौनक थपिएको छ । यसले उक्त बाटो हुँदै आवतवावत गर्ने सर्वसाधारणदेखि शान्तिका अनुयायी मन्त्रमुग्ध भई शान्तिप्रति समर्पित हुने गरेका छन् । नगरलाई शान्ति, सद्भाव र करुणामैत्री बनाउन विभिन्न ठाउँबाट सहयोग लिएर नगरलाई आध्यात्मिक वातावरणमा लगेर फरक काम गरेको बुद्ध जयन्ती मनाउन गठित मूल समारोह समिति संयोजक गोपीकृष्ण शर्माले बताए ।

The ancient city of Kapilvastu is being decorated for Buddha Jayanti
The ancient city of Kapilvastu is being decorated for Buddha Jayanti
The ancient city of Kapilvastu is being decorated for Buddha Jayanti
The ancient city of Kapilvastu is being decorated for Buddha Jayanti

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully