We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
On the occasion of the 2569th Buddha Jayanti, the ancient city of Kapilvastu is decorated like a bride. The Nepali flag, Buddhist flag and colorful lungdas bearing Buddhist religious beliefs have been hung in the market area and the market has been decorated. On the 30th of Baisakh, the city was decorated to bring in the statue of the Infant Buddha from Lumbini and enter the Rajprasad Tilaurakot.
कपिलवस्तुमा बुद्ध जयन्ती मनाउन गठित मूल समारोह समितिले लुम्बिनीबाट शाक्य वंशीय राजदरबार तिलौराकोट पुग्ने प्रवेश द्वार प्राचीन नगर कपिलवस्तुलाई सिंगारेर आकर्षक बनाएको छ । सिंगारिएको बाटो हुँदै शोभायात्राका साथ शिशु बुद्धको प्रतिमा लगिनेछ । मुख्य सडकको विद्युत् प्राधिकरण कार्यालयदेखि गौढी चौकसम्म करिब दुई किमि बाटोमा रहेको बिजुलीको पोल वारिपारि लुङ्दा झुण्ड्याइएको छ । पूरै बजार क्षेत्र बौद्धमय वातावरण बनेर शान्तिप्रति समर्पित बनेको छ ।
रातिको समयमा बल्ने रंगीचंगी बत्तीले सहरमा छुट्टै रौनक थपिएको छ । यसले उक्त बाटो हुँदै आवतवावत गर्ने सर्वसाधारणदेखि शान्तिका अनुयायी मन्त्रमुग्ध भई शान्तिप्रति समर्पित हुने गरेका छन् । नगरलाई शान्ति, सद्भाव र करुणामैत्री बनाउन विभिन्न ठाउँबाट सहयोग लिएर नगरलाई आध्यात्मिक वातावरणमा लगेर फरक काम गरेको बुद्ध जयन्ती मनाउन गठित मूल समारोह समिति संयोजक गोपीकृष्ण शर्माले बताए ।


