We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Red Matsyendranath, who is considered to be the god of rain and time, was circumambulated thrice to Dulamaju, who is known as Matsyendranath's mother, in the middle of Lagankhel on Thursday.
रथ यात्राका क्रममा अब शुक्रबार नरिवल खसाल्ने जात्रा मनाइनेछ । नरिवल खसाल्ने जात्रालाई स्थानीय भाषामा ‘भूज्याः जात्रा’ भनिन्छ । रथ गबहाल पुगेपछि गाःबाः याः, सुन्धारा पुगेपछि नुगः याः र लगनखेल पुगेपछि लगः या भनी भूज्याः जात्रा मनाइने चलन छ । पाटनको मुख्य भित्री बस्तीभित्र मनाइने मुख्य जात्रा भूज्याः हो । यसक्रममा मत्स्येन्द्रनाथको पूजाअर्चना गरेर रथको टुप्पोबाट नरिवलका साथै योमरी र ल्होंचामरी (नेवारहरूले धान्य पूर्णिमामा पकाउने एक प्रकारका रोटी) ले अभिषेक गराइन्छ । नरिवल खसालेको भोलिपल्ट ‘क्याकः मिसायाः भूज्याः’ भनी शनिबार महिलाले मात्र रथ तानेर जात्रा गर्ने परम्परा रहेको छ ।

