बसन्तपुरमा 'क्यान्डल मार्च' [तस्बिरहरु]

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

'Candle March' in Basantpur [Photos]

काठमाडौँ — आज वैशाख १२ गते । १० वर्षअघि ०७२ सालमा आजकै दिन नेपालमा विनाशकारी भूकम्प गएको थियो । ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड हल्लायो । यही कम्पनबाट करिब ९ हजार नेपालीको ज्यान गयो । हजारौं घाइते भए । भूकम्पले अनपेक्षित मानवीय र भौतिक क्षति गरेको थियो ।

'Candle March' in Basantpur [Photos]

सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाइएको हो । भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार साँझ बसन्तपुर क्षेत्रमा 'क्यान्डल मार्च' गरिएको छ ।

'Candle March' in Basantpur [Photos]
'Candle March' in Basantpur [Photos]
'Candle March' in Basantpur [Photos]
'Candle March' in Basantpur [Photos]
'Candle March' in Basantpur [Photos]
तस्बिर : हिमान्सु ठाकुर/कान्तिपुर
तस्बिर : हिमान्सु ठाकुर/कान्तिपुर

कान्तिपुर

Link copied successfully