काठमाडौँ — शिक्षकहरूले नयाँ वर्षको दिन पनि आफ्नो प्रदर्शन जारी राखेका छन् । विद्यालय शिक्षा ऐन ल्याउन माग राख्दै आएका शिक्षकहरूले सोमबार १३औं दिन पनि प्रदर्शन गरेका हुन् । नयाँ वर्षको उत्साहका बाबजुद शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रर्दशन गरेका हुन् ।
नयाँ वर्षसँगै सरकारले नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरेको छ । नेपाल शिक्षक महासंघले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । महासंघले संसदको वर्षे अधिवेशन तत्कालै बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेका छन् । ऐन जारी हुँदा सरकारले विगतमा महासंघसँग गरेको सहमति समावेश हुनुपर्ने माग राखिएको छ ।
![Teachers on the streets even on New Year's Day [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/newyeardayteacherrallyday13202504142614-1442025121030-1000x0.jpg&w=1001&h=0)
![Teachers on the streets even on New Year's Day [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/newyeardayteacherrallyday13202504142619-1442025121142-1000x0.jpg&w=1001&h=0)